नेपाली भाषा साहित्यको विस्तार

विश्व भुटानी साहित्यिक संगठनको छैठौँ अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान

पातलो अन्तरेको नेतृत्वमा गठित १४ सदस्यीय नयाँ कार्यसमिति चयन ।

अमेरिका, ४ असार / नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनका लागि समर्पित विश्व भूटानी साहित्यिक संगठनको छैठौँ बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान नेदरल्यान्ड्सको द हेगमा भव्य रूपमा सम्पन्न भएको छ । तीनदिने साहित्यिक अभियानले विश्वभरिका नेपाली मुलका साहित्यकारहरुलाई एउटै साझा मञ्चमा ल्याएको छ ।

 

 

अनुष्ठानको पहिलो दिन डेल्फ्ट विश्वविद्यालयको डूडकामर हलमा नेदरल्यान्ड्सका लागि नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भयो। कार्यक्रममा आगन्तुक साहित्यकारहरुको स्वागत गर्दै शुभकामना आदानप्रदानका साथै  स्वीकारोक्ति अवधारणा सम्बन्धी चारवाट कार्यपत्र प्रस्तुत भएका थिए ।

 

 

दोश्रो दिन द हेगस्थित सांस्कृतिक सभामा आयोजित भव्य कार्यक्रममा संस्थापक अध्यक्ष डेन्जोम साम्पाङ , कार्यक्रम संयोजक डीपी शर्मा मैनाली, अध्यक्ष कर्ण गुरूङ र प्रमुख अतिथि सेवा लम्सालले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभयो । एनएसइएका प्रमुख सविना श्रेष्ठ, एनआरएनए नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष शशि पौडेल र अन्य विशिष्ट वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

 

सांस्कृतिक सत्रमा विभिन्न कलाकारहरूले नेपाली राष्ट्रिय धुन, कविता, संगीत र नृत्य प्रस्तुत गरे । अनेसास पोल्याण्डका उपाध्यक्ष मित्रलाल पार्दे, संगीत प्रशिक्षक वीरमान श्रेष्ठ, ध्वनी बल थेरापिस्ट सरिता हुमागाईं प्रमुख समीक्षकका रूपमा प्रस्तुत बन्नु भयो ।

 

 

तेश्रो चरणमा साहित्यिक प्रस्तुति र समीक्षा सत्र सञ्चालन भयो । यसमा लेखक डिल्लीराम अम्माई, साहित्यकार विश्वदीप तिगेला, चलचित्र निर्देशक तथा साहित्यकार प्रकाश आङ्देम्बे र हरि पौडेलले अध्यक्षता गर्नुभयो । यस सत्रमा अनुस्का मैनाली, सूर्यराज गिरी, यदु युगान्तर राईलगायत सर्जकहरूले सृजनात्मक प्रस्तुति दिएको संयोजक डीपी शर्मा मैनालीले बताउनु भयो ।

 

 

चौथो सत्रमा बाल निबन्धकारहरु सलिना थपलियासहित चारजनाले नेतृत्व गर्नुभयो । बाँसुरी वादनद्वारा उद्घाटन गरिएको सत्रमा डा.नारद पोख्रेल, डेन्जोम साम्पाङ, विश्वदीप तिगेलालगायतका स्रष्टाले मन्तव्य तथा रचनापाठ गर्नुभयो ।

 

 

पाँचौं सत्र विशेष पुस्तक विमोचन सत्र थियो । यस सत्रमा बैरागी काइँलालाई ६ लाख नेपाली राशिको ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ प्रदान गरिने घोषणा गरियो । यसअघि यो पुरस्कार २०२२ मा भारतको असमका नेपालीभाषी साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो । दिनेश चाम्लिङ युवा प्रतिभा पुरस्कार यस वर्षको सम्मान स्वाकारोक्ति फाउन्डेशनलाई प्रदान गरियो । पुरस्कार स्वरूप ४५,००१ अमेरिकी डलरको नगद राशिसहित यो सम्मान संस्थालाई खोज, अनुसन्धान र प्रचारप्रसारको क्षेत्र सशक्त बनोस् भन्ने उद्देश्यले दिइएको हो ।
कार्यक्रममा गोपाल पौडेलको “धुलोमा हिरा”, खगीन्द्रा खुसीको “खुशीको गाउँ” र याम राईको “याम एक सापेक्ष” लोकार्पण भए । यी कृतिहरूले समसामयिक नेपाली साहित्यमा नयाँ स्वर र दृष्टिकोणको प्रतिनिधित्व गर्छन् ।

 

 

अनुष्ठानको अन्तिम दिन द हेगको सडकमा साइकल यात्रा गरिएको थियो, जसको उद्देश्य वातावरण संरक्षण र विश्व शान्तिको सन्देश फैलाउनु रहेको आयोजकले जनायो ।

 

 

कार्यक्रमबाट नयाँ नेतृत्वसमेत चयन गरिएको छ । साहित्यकार पातलो अन्तरेको नेतृत्वमा गठित १४ सदस्यीय कार्यसमितिमा गोपाल पौडेल, सिसन माझी, लक्की राशी, शेखर कोइराला, इश्वर ढकाल, सरगम थपलिया, भीम गुरुङलगायत रहनु भएको छ । बोर्ड अफ ट्रष्टीमा डेञ्जोम साम्पाङ्ग, कर्ण गुरुङ, ममता मोक्तानलगायत नियुक्त बन्नुभयो ।

 

सम्मेलनमा बेल्जियम, बेलायत, फ्रान्स, नर्वे, पोल्याण्ड, स्लोभेनिया, अमेरिका, न्यूजिल्याण्ड, नेपाल, भारत, भूटानसहित १६ देशका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो ।

यस साहित्यिक अनुष्ठानले नेपाली भाषाको संरक्षण, साहित्यिक उत्तराधिकारीको खोज, पूर्वीय दर्शनको प्रवद्र्धन र सांस्कृतिक चेतनाको पुनर्स्थापनालाई मूल ध्येय बनाएको नेपाली भाषी साहित्यकारहरूको समीक्षा छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये