पुलको अध्ययन अनुगमन सुरु

एउटै पुल दुई पटक बगायो, एक पटक भाँच्चियो

दमक, ४ असार । मेची राजमार्गअन्तर्गत पाँचथरकाे हेवाखोलामा निर्माणाधीन ७० मिटर लामो मोडुलर ब्रिज भाँच्चिएपछि बनेको समितिले अध्ययन थालेको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको सडक विभागका उपमहानिर्देशक ललिजन खनालको नेतृत्वको पाँच सदस्यीय छानबिन समितिले हेवा खोलामा भाँच्चिएको पुलको स्थलगत अध्ययनसँगै काम थालेको हो । समितिको टोलीले जडान प्रविधि, लोड व्यवस्थापन तथा प्राविधिक पक्षहरूको अध्ययन सुरु गरेको छ । समितिले सात दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने बताइएको छ ।

 

समिति संयोजक खनालका अनुसार कमजोरी सच्याएर मोडुलर ब्रिज जडानको कार्य पुनः अघि बढाइनेछ । ब्रिज उपलब्ध गराउने भारत सरकारसँग पनि समन्वय भइरहेको पनि उहाँले बताउनुभयो ।

 

२०८० सालकाे बाढीले हेवाखोलाकाे पुल  बगाएपछि बेलिब्रिज राखिएको थियो । पुनः २०८१ असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएपछि मोडुलर ब्रिज जडानको कामअघि बढाइएकोमा जडानको काम सकिनै लाग्दा जेठ ३१ गते भाँच्चिएको थियो । ब्रिज भाँच्चिएर तीनजना घाइते भएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।