फिचर

पथरी शनिश्चरे नगरको समग्र शिक्षा

पथरी शनिश्चरे, ४ असार / मोरङ जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पूर्वपश्चिम राजमार्गसँग जोडिएको साविक पथरी र शनिश्चरे गाविसलाई मिलाएर वि.सं. २०७१ सालमा ‘पथरी शनिश्चरे नगरपालिका’ गठन भएको थियो । नेपाल सरकारबाट स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा हसन्दह गाविसलाई समेत मिलाएर २०७३ फागुन २७ गते हालको ‘पथरी शनिश्चरे नगरपालिका’ स्थापना भएको हो ।

 

राष्ट्रिय जनगणना २०७८ का अनुसार यस नगरपालिकामा ३३ हजार ९८४ पुरुष र महिला ३८हजार ४६७ गरी कुल ७२ हजार ४सय ५१ जनसङ्ख्या रहेको छ । यस नगरपालिकाको भौगोलिक अवस्थिति दक्षिणको अक्षांश २६ दशमलव ३६ र उत्तरमा अक्षांश २७.३९ रहेको छ भने देशान्तर अनुसार पश्चिममा ८७.३३ र पूर्वमा ८७.९६ रहेको छ ।

 

यस नगरको पूर्वी सिमाना उर्लाबारी नगरपालिका, पश्चिमी सिमाना कानेपोखरी गाउँपालिका, उत्तरमा लेटाङ नगरपालिका र दक्षिणमा सुनवर्षी नगरपालिका रहेको छ । यस नगरमा कुल १० वटा वडा रहेका छन् । यो नगरपालिकाको पूर्वपश्चिम लोकमार्ग करिब ४ किलोमिटरमा फैलिएको छ ।

 

पूर्वमा सुनझोडा खोला र बक्राहा खोला तथा पश्चिम डाँस मोरङ्गी खोलाले सिमाना छुट्याएको छ । यस नगरपालिकाका नगरवासीहरूको प्रमुख पेसा कृषि हो । अन्यमा व्यापार, व्यवसाय, रोजगारी लगायत रहेका छन् ।

 

यस नगरपालिकाभित्र बग्ने पथरी खोला सिँचाइको मुख्य स्रोत रहेको छ भने पर्यटकीय दृष्टिकोणबाट अत्याधिक महत्वपूर्ण मानिने भुल्केदेवी मन्दिर क्षेत्रको आसपासमा प्रशस्त सिमसार क्षेत्र रहेको छ। साथै, यस नगरपालिका क्षेत्रमा एउटा सामुदायिक क्याम्पसका रुपमा पथरी बहुमुखी क्याम्पस रहेको छ । साथै २६ वटा सामुदायिक विद्यालय र एउटा धार्मिक विद्यालय ,४ वटा समुदायमा आधारित बालविकास केन्द्र , ४२ वटा संस्थागत विद्यालय र दुईवटा मन्टेश्वरी स्कुल सञ्चालनमा आएका छन् ।

 

सामुदायिकतर्फ शैक्षिक सत्र २०८१ अनुसार ८ हजार २ सय १४ जना विद्यार्थी संख्या रहेको छ । यस चालु आर्थिक वर्ष वर्षमा कार्यरत शिक्षक तथा कर्मचारीको कुल सङ्ख्या २ सय ५५ जना रहेको नगर शिक्षा तथ्याङ्कले देखाउँछ । एउटा धार्मिक स्कुल, चारवटा इसीडी कक्षा र एक वटा बाटिका बालविकास शिविर रहेको छ । कक्षा इसीडी देखि १२ कक्षासम्म विद्यालयमध्ये यस क्षेत्रको सबैभन्दा ठूलो सामुदायिक विद्यालयतर्फ पञ्चायत माध्यमिक विद्यालय हो । जसमा मानविकी, शिक्षा, कानुन, पत्रकारिता, ललितकला, सिभिल इन्जिनियरिङ, विज्ञान तथा व्यवस्थापन जस्ता संकायका सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताउनुभयो ।

 

हाल यस विद्यालयमा कूल २ हजार ६ सय विद्यार्थीहरूको तथ्याङ्क छ । बिहानी तथा दिवा सत्रमा पठनपाठन हुँदैआएको छ । कतिपय अभिभावकहरुलाई आफ्ना बालबालिकालाई शिक्षादीक्षाको सन्दर्भमा अंग्रेजी मोह जागेको अवस्था छ । यति गर्दा पनि नै संस्थागत विद्यालय नै अभिभावकको रोजाईमा पर्दै आएका छन् । पछिल्लो समयमा विद्यालय विकासमा समग्र शैक्षिक विकास, पाठ्यक्रम विकास, वृद्धिको विकास, अनुशासन, आचरण र नैतिकवान शिक्षादीक्षा आदिका कारणले सामुदायिक विद्यालयहरूले संस्थागत विद्यालयलाई उछिनेर गति लिएको देखिएको छ । यस नगरभित्रका अधिकांश सामुदायिक विद्यालयहरूले आफ्नो नियमित पठनपाठनको भाषाको रूपमा अंग्रेजी माध्यमलाई अवलम्बन गर्दै आएका छन् । फलस्वरूप, सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरू बढी भर्ना भएको पाइन्छन् ।

 

समाजमा अंग्रेजी मोह पालेको अभिभाकका लागि शैक्षिक गन्तव्यको रूपमा सामुदायिक विद्यालयहरू पर्ने गरेका छन् । मूलतः संस्थागत विद्यालयहरूले विद्यार्थीहरूबाट लिने गरेको शुल्कमा पनि छुट नदिएपछि अभिभावकमा आर्थिक भार बढ्न गएको छ । यसबाट अभिभावकको जीवनमा थोपरिने समस्याहरू र अंग्रेजी मोह पनि सामुदायिक विद्यालयहरूले उपलब्ध गराइदिएको कारण संस्थागत भन्दा सामुदायिक विद्यालय बालबालिकाको भर्नाका लागि रोजाई र खोजाईमा नै गरेका छन् ।

 

यतिबेला समाजवादको आधारशीला निर्माण गर्न कसिएको राज्यले पनि गरिब तथा लक्षित समुदायका छोराछोरीलाई बजारमा प्रचलित शिक्षा उपलब्ध गराउने उद्देश्य लिए अनुरूप विद्यालयहरूमा तालिम प्राप्त शिक्षक शिक्षिकाहरूबाट पठनपाठन हुने भएकाले पनि संस्थागत भन्दा सामुदायिक विद्यालयप्रति आकर्षण बढेको छ ।

 

नगरपालिकाभित्रको आर्थिक वर्ष ०७७/०७८ को लागि सम्पन्न नगरसभाबाट स्थानीय सरकारी कर्मचारी र शिक्षकका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढ्ने नीति पास गरेसँगै स्थानीय समुदाय पनि सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउनु पर्ने जागर बढेको देखिन्छ । अधिकांश विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पठाई भइरहेको छ ।

 

१. श्री पञ्चायत माध्यमिक विद्यालय :–
पथरी शनिश्चरे वडा नं १ मा अवस्थित पञ्चायत नमुना माध्यमिक विद्यालय नगरको सबैभन्दा बढी विद्यार्थी भएको सामुदायिक विद्यालय हो । विज्ञान समूह तर्फबाट नेपालकै समग्र शैक्षिक कार्यक्रम व्यवस्थापनमा प्रदेशकै नमुना छनौट परेको विद्यालय हो । विद्यालयमा ईसीडी देखि २०८१ का ईएमआईएस. अनुसार २ हजार ६७४ संख्या रहेको छ । यस विद्यालयमा कक्षा १० सम्म अङ्ग्रेजी तथा नेपाली माध्यममा कक्षा सञ्चालन हुदै आएको छ ।

नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिका लागि छुट्टै भवन र दक्ष , अनुभवी, तालिम प्राप्त शिक्षक शिक्षिकाहरुले पठनपाठन गर्दै आउनु भएको छ भने हेरचाह गर्ने कर्मचारीसहितको व्यवस्था हुँदै आएको छ । हालै अपाङ्गमैत्री भवनको निर्माण सम्पन्न भइसकेको छ । प्राविधिक धारतर्फ विज्ञान, कानुन, शिक्षा, व्यवस्थापन, ललितकला, मानविकी र पत्रकारिता समूहहरू भाषागत माध्यमबाट सञ्चालनमा ल्याइएको छ । स्थानीय, प्रदेश र देश बाहिरका अभिभावकमा लागि पनि पञ्चायत माध्यमिक विद्यालय अध्ययनको विषय बनेकोले आफूलाई पनि गर्व हुन हुने गरेको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले सुनाउनुभयो । विज्ञान तथा प्राविधिक शिक्षाका कारण पञ्चायत माविमा हरेक वर्ष विद्यार्थीको चाप बढ्दै गएको छ । तीमध्ये केही प्रमुख विद्यालयहरुको यहाँ चर्चा गरिन्छ ।

 

२. श्री जनता माध्यमिक विद्यालयः–
पथरी शनिश्चरे वडा नम्बर ३ मा रहेको यस विद्यालयमा कक्षा आठसम्म अंग्रेजी माध्यमबाट शिक्षा दिनेमा गतिलो उदाहरण बनेर प्रस्तुत भएको छ । हाल यस विद्यालयमा आइसीटी प्रविधिमा प्रवेश गरेका कारणले पनि स्थानीय स्तरमा निकै लोकप्रियता कमाएको छ । प्रयोगशालामा दक्ष कम्प्युटर कक्ष, छुट्टै पुस्तकालय, प्रविधिमैत्री कक्षा कोठाको व्यवस्थापन भइरहेको विद्यालयका प्रधानाध्यापक पदम सापकोटाले जानकारी दिनुभयो । विद्यालयले पछिल्लोपटक अपेक्षित नतिजा हासिल गरेको स्थानीय अभिभावकहरूले चर्चा गर्ने गरेका छन् । यस विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा ६, ७ र ८ मा कक्षा सञ्चालन हुँदै आएको कारणले विद्यालयमा विद्यार्थी संख्यासँगै बालबालिकाका लागि छुट्टै कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा +१२ सम्म अध्ययन अध्यापन हुँदै आएको यस माविमा कक्षा ९ र १० मा ’इन्टर एक्टिङ फ्याट’ प्यानल शिक्षण विधि सञ्चालन हुँदै आएको छ । नर्सदेखि कक्षा ५ सम्म पुरै अंग्रेजी माध्यममा कक्षा सञ्चालन हुँदै आएको र कक्षा १० सम्म नै अंग्रेजी माध्यममा जोड दिइएको छ ।

 

३. श्री सिंह बाहिनी माध्यमिक विद्यालयः–
यो विद्यालय वडा नम्बर ९ मा रहेको छ । यहाँ कक्षा शिशुदेखि १० सम्म अङ्ग्रेजी भाषामा पठनपाठन सुरुवात गरिएको अवस्था छ । २०३५ सालदेखि पठनपाठन सुरु गरिएको यस विद्यालयमा अंग्रेजी माध्यमबाट ०६६ बाट पठनपाठन थालिएको जानकारी दिनुहुँदै विद्यालयका प्रधानाध्यापक उमेश खड्काले २०७५ सालको एसईई परीक्षाको नतिजामा तर्फ सर्वोकृष्ट नतिजा हासिल गरेको बताउनुभयो । गाउँले परिवेश हुँदाहुँदै पनि यहाँ नेपाली र अङ्ग्रेजी भाषा माध्यमबाटै पठनपाठन हुने गरेको शिक्षक अष्टमान राईले बताउनुभयो।

४. श्री बुद्ध माध्यमिक विद्यालयः–
वडा नम्बर ८ मा रहेको बुद्धमावि २०२४ सालमा स्थापना भएको हो । विद्यालयमा आउने बालबालिकाले शिशु कक्षादेखि कक्षा ३ सम्म अङ्ग्रेजी माध्यमबाट पढ्ने गरेका छन् । स्थानीय समुदाय र अभिभावकको चाहना अनुरुप बढाउँदै लगिएको छ । नेपाल सरकारद्वारा निर्धारण गरिएका पुस्तक तथा पाठ्य सामग्रीहरू स्थानीय विद्यार्थीहरूलाई वितरण गर्दै आइरहेको प्रधानाध्यापक बोधराज सिग्देलले जानकारी दिनुभयो ।

 

अंग्रेजी सुरुवातसँगै यस विद्यालयमा ५० जना विद्यार्थी भर्ना बढेकाले दक्ष शिक्षक शिक्षिकाद्वारा पठनपाठनमा जोड दिएको उहाँले बताउनुभयो । शिशुदेखि प्लस टु सम्म पढाइ हुने यस विद्यालयले संस्थागत विद्यालय भन्दा पनि उत्कृष्ट नतिजा दिएको उहाँले सुनाउनुभयो ।

 

५. श्री बाल कल्यांण मावि :–
वडा नं ७ कीर्तिपुरमा रहेको यस विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म पढाई हुँदै आएको छ । नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट प्रारम्भिक कीर्तिपुर क्षेत्रका लागि बाल बालिकालाई रोजाई र खोजाइमा पर्ने गरेको विद्यालयका प्रधानाध्यापक रोहिणीप्रसाद घिमिरे (रोहित पराई) ले बताउनुभयो । समय सापेक्ष कम्प्युटर कक्षा सञ्चालनमा ल्याएसँगै प्रोजेक्टर र मल्टिमिडिया मार्फत पठनपाठन हुँदै आएको उहाँले जनाउनुभयो ।

 

६. श्री चन्द्रकिरातेश्वर माविः–
वडा नं ७ किराती चोकमा रहेको यस विद्यालयमा दक्ष शिक्षकको अभावले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न सकिएको छैन । विद्यालयको पढाइ र व्यवस्थापनमा राम्रो भएको कारण संस्थागत विद्यालय छोडेर विद्यार्थी पढ्न आउने सङ्ख्या बढ्दै गएको विद्यालयका सहायक प्रअ महेन्द्र ढुङ्गानाले बताउनुभयो । अन्य विद्यालय जस्तै क्रमशः अंग्रेजी माध्यमबाट पठनपाठनमा जाने योजना रहेपनि माविमा शिक्षकको दरबन्दी नभएकाले कक्षा सञ्चालनमा कठिनाइ भएको उहाँले दर्शाउनु भयो । एसईई.परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयको शैक्षिक विकास उच्च रहेको छ ।

 

७. श्री भागिरथ माविः
४ नम्बर वडामा रहेको यस विद्यालयको कक्षा १ –५ सम्म वि सं २०७८ सालदेखि अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ । २०७९ देखि कक्षा ६ देखि १० सम्म अङ्ग्रेजी र नेपाली भाषामा पठनपाठन हुँदै आएको विद्यालयकी प्रधानाध्यापक जानुकी चेम्जोङले सुनाउनु भयो ।
प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप निरन्तरता दिइरहेको छ । विसं २०६६ सालदेखि कक्षा ११ र १२ मा बाली विज्ञान विषयमा प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको प्रधानाध्यापक चेम्जोङले बताउनुभयो । सो विषय प्रति आकर्षित भएर धेरै टाढाका विद्यार्थीहरु यस विद्यालयमा आउने गरेको उहाँले उल्लेख गर्नुभयो ।

निजी तथा संस्थागत विद्यालयहरूः–
यस नगरपालिका भित्र कुल ४२ वटा संस्थाका विद्यालय र एउटा निजी तर्फको व्यवस्थापन संकाय तर्फको ऋतम्भरा कलेज रहेको कलेजका निर्देशक तथा प्रिन्सिपल टीएन तिम्सिनाले जानकारी दिनुभएको छ । ’प्ले गुप’ देखि कक्षा १२ सम्म नगरमा ८ वटा नीजि विद्यालय सञ्चालनमा छन् भने कक्षा १० सम्म सात वटा विद्यालय रहेका छन् । यसैगरी, कक्षा सात सम्म तीनवटा विद्यालय, कक्षा ५ सम्म ९ विद्यालय, कक्षा ४ को एउटा र कक्षा २ सम्म २ वटा विद्यालय र २ वटा मन्टेश्वरी स्कुल सञ्चालनमा रहेको नगरका युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले बताउनुभयो ।

 

निचोडमा यस नगरपालिका भित्र संस्थागत विद्यालयको विद्यार्थीहरूको सङ्ख्या १३ हजार ३८७ रहेको र निजी बोर्डिङका शिक्षक शिक्षिकाहरूको सङ्ख्या ३३० रहेको नगरको प्राविधिक सहायक शिक्षा पाँचौं वीना मिश्र दहालले जानकारी दिनुभएको छ ।

 

पथरी शनिश्चरे नगरको कक्षा–८ को नतिजा बिश्लेषण :
शैक्षिक गुणस्तर सुधारको लागि प्रयासहरु भइरहेको देखिए पनि पथरी शनिश्चरे नगरका सरकारी विद्यालयहरु नजितामा कमजोर देखिएका छन् । नगर शिक्षा विभागले पहिलो पटक कक्षाको ८ को परीक्षा नगरस्तरीय गरेका थियो । यो शैक्षिक सत्रमा नगरमा रहेका सरकारी र निजी गरेर ४१ वटा विद्यालय सहभागी रहेका थिए ।

 

कक्षा ८ मा एक हजार ३ सय ६५ विद्यार्थी परीक्षामा सहभागी भएपनि ७ सय २४ जना मात्र विद्यार्थी पास भएका छन् । सुनाखरी मावि र निजी गरेर ५२.८२ प्रतिशत उर्तिण भएको देखिएपनि सरकारी विद्यालयको नतिजा भने निक्कै कमजोर देखिएको छ ।

 

दुई वटा विद्यालय नील :
कक्षा ८ को परीक्षामा सामेल भएकामध्ये सामाजिक आधारभूत विद्यालय, दुर्गा आबिबाट एउटै परीक्षार्थी उत्तिर्ण नभएको प्रकाशित नजितामा उल्लेख छ ।
वडा नम्बर ३ मा रहेको सामाजिक आबिबाट ९ जना र वडा नं. ६ मा रहेको दुर्गा आविबाट १९ जना विद्यार्थी सहभागी भएकोमा परीक्षा दिएजति सबै एनजी अर्थात नन गे्रडिङमा परेका हुन् ।

 

सरकारी विद्यालयहरु हिरक, जालपासिंहदेवी, रामजानकी आधारभूत विद्यालय, सुनाखरी, अमरसिंह र बालकल्याण मावि गरेर ६ वटा विद्यालयबाट १—१ जना विद्यार्थी मात्र उत्तिर्ण भएका छन् । एक जना मात्र विद्यार्थी पास भएका विद्यालयहरुबाट ७ देखि २७ जनासम्म विद्यार्थी सहभागी भएका थिए ।

 

खेलकुद क्षेत्रमा अग्रणी देखिएको बुद्ध माविबाट ४६ जनाले परीक्षा दिएकोमा २ जना अर्थात ४ प्रतिशत मात्र उतिर्ण भएको नजितामा देखिएको छ । शनिश्चरेको भागिरथ माविबाट ४१ जनाले परीक्षा दिएकोमा १३ जना पासहुँदै ३१ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।
सरकारी विद्यालयहरु मध्ये पथरीशनिश्चरे—१ को पञ्चायत माविबाट सबैभन्दा उत्कृष्ट नजिता ल्याएको देखिएकोृ छ । पञ्चायतबाट १ सय ६५ जना विद्यार्थी सहभागी भएकोमा ७१ जना अर्थात ४३ प्रतिशत विद्यार्थी पास भएको देखिएको छ । यो नजिता सरकारी विद्यालयमा सबैभन्दा बढी हो ।

पथरीशनिश्चरे नगरमा पहिलो पटक चैत्र ७ देखि १४ गतेसम्म कक्षा ८ को नगरस्तरीय परीक्षा गरिएको थियो । तीन वटा विषयमा ग्रेट प्राप्त नगरेका विद्यार्थीहरुलाई ग्रेट वृद्धिको पुनः परीक्षा लिइने भएको छ ।
(पथरी शनिश्चरे नगरको लेखनबृत्तिका लागि तयार)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका