तुलसादेवी न्यौपाने स्मृति सम्मान र छात्रवृत्ति

दमक, ६ असार / झापाको दमकका छविराम न्यौपानेसहितको परिवारले खडा गरेको अक्षयकोषले वर्षेनी शिक्षक सम्मान र विद्यार्थी छात्रवृत्ति कार्यक्रम समाजसेवाको उदाहरण बन्दै आएको छ ।

 

न्यौपाने परिवारले खडा गरेको १० लाखको अक्षयकोषमार्फत शुक्रबार साहित्य कला संगमको आयोजनामा तुलसादेवी न्यौपाने स्मृति पुरस्कार २०८१ बाट हिमालय माविकी शिक्षक नैनकला थेवे सम्मानित बन्नु भयो । कार्यक्रमका प्रमुख अतिथि कमल वस्ती, कोषदाता छविराम न्यौपाने, डा. लेखनाथ न्यौपानेसहितबाट उहाँलाई नगद ५ हजारसहितले सम्मानित गरियो ।

 

यसैगरी, हिमालय माविका १० र पृथ्वी माविका १० गरी २० जना जेहेन्दार विद्यार्थीलाई जनही ३ हजारका दरले छात्रवृत्ति तथा सूर्यदर्शन सहकारीबाट विद्यालय झोला प्रदान गरिएको छ ।

 

यसकासाथै हिमालय मावि पूर्व विद्यार्थी मञ्च २०४४ समूहका अध्यक्ष डा. लेखनाथ न्यौपानेको अगुवाईमा १ लाख रुपैयाँ अक्षयकोष खडा गरिएको छ । सो कोषबाट पहिलो पटक हिमालय माविका सुज्जा काफ्‌ले र नेहा लिम्बूलाई जनही ३ हजारका दरले सुनौलो भविष्य पुरस्कार समेत वितरण गरिएको छ ।

 

साहित्य कला संगमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षताको कार्यक्रममा साहित्यकारहरु यादवप्रसाद अधिकारी झाँक्रीखोले, मेघनाथ बन्धु, भूपेन्द्रराज तिम्सिना, कृष्ण उदासी, दुर्गा खनाल काफ्‌लेसहितले रचना वाचन गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर