चित्रकलामा प्रोत्साहन

दमकको चित्रकला प्रतियोगितामा झापा मोलडकी संज्ञा प्रथम

दमक, ५, असार । प्राकृतिक तथा सामाजिक विविधता र संस्कृतिका गहिरा कथाहरुलाई एउटै पानामा विस्तृत रुपमा उतार्न सक्ने कला चित्रकारिता हो । तर, पर्याप्त ज्ञान र प्रचारको अभाबले गर्दा नेपाली समाजमा चित्रकलामा भविष्य हुदैँन भन्नेको संङ्ख्या पनि बढ्दै गईरहेको छ ।

 

 

 

तर चित्रकलाको प्रवद्धन गरी यसको महत्व बुझाउन र कलाको सम्मान गर्ने उद्धेश्यको साथ दमक नगरपालिका वडा नं ६ मा विविधतामा एकता शिर्षकमा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भयो ।

 

 

विद्यालय र कक्षा काठामा मात्रै सिमित रहेको चित्रकला प्रतियोगीता त्यस देखि बाहिर पनि देखाउन पाउँदा विद्यार्थीहरु उत्साहीत देखिन्थे । सबैजना आ आफ्नो कल्पनाको चीत्र कोर्न आवश्यक पर्ने सामाग्रीहरु पेन्सिल , पेपर तथा विभिन्न रङ्गका पेन्सिलहरु पनि साथमै लिएर आएका थीए । यो दृष्य हो झापाको दमक नगरपालिका वडा नं ६ को कार्यक्रम हलको ।

 

 

 

यहाँ रहेका १२ वटा विद्यालयका १२ जना विद्यार्थीहरु आ आफ्नो कल्पनाको चीत्र कोरीरहेका थीए । करिव डेढ घण्टा लगाएर उनीहरुले एक एकवटा चीत्र पनि तयार पारे । सबैको चीत्रको मुल्यांकन चाहि दमकका चित्रकार अभिषेक दास र उमेश दाहालले गर्नु भएको थियो ।

 

 

 

उहाँहरुको मुल्यांकनमा प्रथम बन्नु भएकी दमक ८ स्थित झापा मोडल अग्रेजी माद्यमीक विद्यालयकी संज्ञा याक्खाले हामीलाई प्रतिकृयादिदै भन्नु भयो ‘यस खाले प्रतियोगीताले हाम्रो क्षमताको प्रर्दशन भयो हामीले आफ्नो प्रतिभा विद्यालय बाहिर पनि पुगेर देखाउन पायौ । खुसी लाग्यो ।

 

 

 

को भीत्रको क्षमता कती र कस्तो छ भन्ने कुराको परिक्षण गर्ने अवसरका रुपमा विद्यार्थीले यसलाई लिएका छन । दमक ५ मा रहेको दिपिनी आधारभूत विद्यालयका विद्यार्थी आलोकनाथ कुमारका अनुसार उहाँलाई यो प्रतीयोगीतामा सहभागी हुदा दोस्रो हुन्छु भन्ने लागेकै थीएन । तर उहाँलाई मुल्यांकन गर्ने अग्रजहरुले दोस्रो बनाइदिनु भयो । खुसी हुदै भन्नु हुन्छ मसग पनि क्षमता रहेछ । बल्ल थाह पाए । मलाई धेरै खुसी लागेको छ ।

 

 

 

दमक नगरपालिका वडा नं ६ मा रहेको वडा बाल सञ्जालले आयोजना गरेको यो चीत्रकला प्रतियोगीताले विद्यार्थीहरुमा उत्सुकताका साथै उत्साह पनि बढाएको सञ्जालकी अध्यक्ष प्राप्ती दुलाल बताउनु हुन्छ ।

 

 

 

 

कार्यक्रमको उद्घाटन वडा नं ६ का अध्यक्ष टेकबहादुर थापाले गर्नुभएको थियो । सो प्रतियोगितामा दमकभित्रका १२ ओटा विद्यालयका एक एक जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम झापा मोडल अंगे्रजी विद्यालयकी छात्रा संज्ञा याख्खा, दोस्रो दिपिनी आधारभूत विद्यालयका छात्र आलोकनाथ कुमार, तेस्रो सूर्योदय अंगे्रजी माध्यमिक विद्यालयका छात्र बिजेश तिम्सिना र चौथो लालिगुराँस मोडल विद्यालयका छात्र नेल्शन खत्री हुनुभएको थियो ।

 

 

 

बिजेताहरुलाई विभिन्न पुरस्कार र सबै सहभागिहरुलाई प्रोतसाहन गर्न सबै विद्यार्थीलाई सम्मान पत्र दिई सम्मान गरिएको थियो ।

 

 

यसखाले प्रतियोगिताले चित्रकलामा रुची हुने विद्यार्थीको क्षमता उजागर गर्न मात्र नभई कला क्षेत्रमा पनि भविष्य बनाउन सकिन्छ भन्ने कुराको संकेत गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा