द्रोणाचार्य स्मृती दिवस

इतिहासको संघर्ष बारे नया पुस्तालाई नया तरिकालेनै बुझाउन आवश्यक : नेता रिमाल

सबैले जान्ने, बुझ्‌ने भाषामा इतिहाँसको संघर्षको बारेमा नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको तर्क

दमक, ६ असार | झापाको विर्तामोडमा जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको सम्झनामा कार्यक्रम गरिएको छ । प्रेस चौतारी नेपाल झापाले उहाँको ३२ औ स्मृती दिवसको सन्दर्भमा आयोजीत कार्यक्रमका वक्ताहरुले उहाँको राजनैतिक, पत्रकारीता र सामाजीक चेतना फैलाउन गर्नु भएको योगदानको चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा मुख्य वक्ताको रुपमा लीला उदासीले द्रोणचार्यको जीवन संघष, राजनैतिक तथा सामाजीक योगदानको बारेमा चर्चा गर्नु भएको थियो भने अर्का वक्ता नेकपा एमालेको केन्दिय अनुशाषन आयोगका सदस्य अर्जुन राईले उहाँसगको सम्बन्ध , राजैनिक बिचार र दृष्टिकोणका बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी रहनु भएका नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रचार विभावका महासचिव बिष्णु रिजालले त्यसबेलाका व्यक्तत्वको योगदान र संघर्षका कारण अहिले नेपाल यत्तीको अवस्थामा आएको भन्दै इतिहाँसलाई बुझ्न र सम्झन आवश्यक रहेको उल्लेख गर्नु भयो ।

सबैले जान्ने, बुझ्‌ने भाषामा इतिहाँसको संघर्षको बारेमा नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको तर्क उहाँले अघी सानु भयो ।

कार्यक्रममा जिल्लाका बिभिन्न बामपन्थी नेता, पत्रकार तथा सामाजीक अगुवाहरुको उपस्थिती रहेको थियो । प्रेस चौतारी झापाले हरेक तीन तीन वर्षमा द्रोणाचार्य स्मिृती पत्रकारीता पुरस्कार समेत प्रदान गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।