काठमाडौं– आउँदो वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको तयारीबारे दुई मन्त्री छलफलमा जुटेका छन्।
अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाणबीच निर्वाचन तयारीबारे अहिले गृह मन्त्रालयमा छलफल भइरहेको छ।
निर्वाचनको खर्च र सुरक्षा व्यवस्थापनबारे उनीहरूबीच छलफल भइरहेको छलफलमा सहभागी गृहका एक अधिकारीले बताए।
निर्वाचन आयोगसँगको परामर्शपछि सरकारले आउँदो वैशाखमा ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति तय गरेको छ। आयोगले पनि आफ्नो तयारी बढाइरहेको छ।