प्रविधिको सास्ती

दमक मालपोतको बायोमेट्रिक सिष्टममा समस्या, सेवाग्राही मारमा

विद्युतीय मेसिनमा सेवाग्राहीकोे औंलाहरु राखेर गरिने बायोमेट्रिक सिष्टममा समस्या आएपछि सेवाग्राहीले पाउनुसम्मको सास्ती पाएका छन् ।

दमक, ८ असार / नेपालीमा एउटा उखाननै छ, सरकारी काम कैले जाला घाम भन्ने । यो उखान सरकारी सेवाका कर्मचारीप्रति ब्यङ्गय गर्दै बनाइएको देखिन्छ । हुन पनि हो सरकारी कार्यालयमा पुग्नेहरुले भोगेको सास्ती बयान गरि कहाँ साध्यै छ र ? यस्तै भएको छ झापाको दमकस्थित मालपोत कार्यालयमा पनि ।

 

विद्युतीय मेसिनमा सेवाग्राहीकोे औंलाहरु राखेर गरिने बायोमेट्रिक सिष्टममा समस्या आएपछि सेवाग्राहीले पाउनुसम्मको सास्ती पाएका छन् । घटना आजको होइन । समस्या आएको गत बिहिबार नै हो । तर, समस्या अझै हटेको छैन । यसले कर्मचारीलाई हाइसञ्चो बनाइदिएको छ अनि सेवाग्राहीलाई सास्ती दिएको सेवाग्राही तुलसा खरेल बाह्रकोटी र जितेन राईले दुखेसो पोख्नु भएको छ । आफूहरु एउटा कामका लागि ४ दिनदेखि धाउँदै त्यसै घर फर्किदै गर्न वाद्य भएको बताउनुहुन्छ ।

 

 

नेपाल कानूनी लेखापढी व्यवसायी एसोसिएसनकी केन्द्रिय सहकोषाध्यक्ष रञ्जना दाहाल गौतम जब यो बायोमेट्रिक प्रणाली सुरु भयो त्यसबेलादेखि नै सेवाग्राहीले सास्ती भोग्दै आइरहेको बताउहुन्छ । समस्याको निराकरणका लागि राज्यले चासो नदिएको भन्दै उहाँ दुखी हुनुहुन्छ । ‘हामीले बुझ्‌दै जाँदा बायोमेट्रिक डिभाइजरको समस्या रछ । डिभाइजरको कर नबुझाएका कारणले औंठाछाप लगाउने बायोमेट्रिक सिष्टममा समस्या भएको बुझिएको छ । यसरी सेवाग्राँहीलाई दुःखदिनु अन्याय भयो ।’ उहाँले भन्नुभयो ।

 

 

सेवाप्रति सेवाग्राहीमात्र होइन स्वयम कर्मचारीनै पनि असन्तुष्ट देखिन्छन् । यस्तो सेवाकै कारण कर्मचारीहरु बद्नाम हुने अवस्था आएको उनीहरु स्वीकार्छन् । मालपोत कार्यालय दमकमा चाँहि बायोमेट्रिक सिष्टम नचलेको भन्ने विषयबारे मालपोत कार्यालय दमकका सूचना अधिकारी कमल पनेरुले समस्या भइरहेको अवस्थामा केही बैकल्पिक प्राविधिक उपाय लगाएर केही काम गरिरहेको जनाउनु हुन्छ ।

 

 

अरु कामहरु सहजै चलिरहेपनि बायोमेट्रिक सिष्टम नचल्दा जग्गा पास गर्न पुगेकाहरु रित्तै हात फर्कन बाध्य बनेका छन् । सरकारी कार्यालयहरुमा हुने काममा त्यसैपनि ढिलासुस्ती हुन्छ भन्ने आम बुझाइलाई दमकमा रहेको मालपोत कार्यालयको बायोमेट्रिक सिष्टममा आएको समस्याले थप बल पुगेको स्पष्टै देखिन्छ । सेवाग्राहीलाई सहज ढङ्गले सेवा दिन सकिदैन भने प्रविधिमा मात्र रुपान्तरण गरियो भनेर नाक फुलाउनुको के तुक होला र ?

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर