हात्तीले तीन घरमा पुर्‍यायो क्षति

दमक, ९ असार / झापाको बिर्तामोड ८ स्थित शुक्रबारे टोलका तीन घरमा सोमबार बिहान जंगली हात्तीले क्षति पुर्याएको छ ।

 

बिहानको राति अन्दाजी ४ बजेको समयमा ४ वटा हात्तीको बथानले सुफल मनीको बासको टाँटी बेरा भत्काएको छ । हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा सुफलको अनुहारमा चोट लागेको छ ।

 

हात्तीको सोही बथानले स्थानीय कृष्णप्रसाद उप्रेतीको सिमेन्टको पर्खाल भत्काई करिब ५० हजार मूल्य बराबरको क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले सम्प्रेषण गरेको जानकारीमा जनाइएको छ ।

 

सोही ठाउँकी शिवकुमारी मगरको आगनमा राखिएको, भकारीबाट ५० हजार मूल्य बराबरको अञ्दाजी १ सय किलोग्राम किलो चामल खाएर हात्तीले क्षति पुर्याएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।