सृजनाको मूल्य

जीवन स्मृति प्रतिष्ठानद्वारा पाँच श्रष्टा पुरस्कृत

दमक, ९ असार / जीवन स्मृति प्रतिष्ठान दमक झापाले पाँचजना श्रष्टालाई जीवन स्मृति पुरस्कार प्रदान गरेको छ ।

 

 

जीवन स्मृति पुरस्कार २०७८ का लागि स्रष्टा लीला उदासी, २०७९ का लागि मदन पुरस्कार विजेता नियात्राकार युवराज नयाँघरे, २०८० का लागि कलाकार बिक्रमश्रि र २०८१ का लागि कथाकार रीता ताम्राकारलाई प्रदान गरिएको छ । युवा प्रतिभा प्रोत्साहन पुरस्कारका लागि दमककी सर्जक चोमू शेर्पा खुशीलाई प्रदान गरिएको संस्थाका सचिव धनकुटे कान्छाले जानकारी गराउनु भयो ।बिक्रमश्रि भनें पुरस्कार ग्रहण गर्न स्वयम् उपस्थित हुनसक्नु भएन ।

 

जीवन स्मृति प्रतिभा पुरस्कार जनही २०,१११ नगद र ताम्रपत्र साथै जीवन स्मृति युवा पुरस्कार १०,१११ नगद र ताम्रपत्रसहितले पुरस्कृत गरिएको छ ।

दमक बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता र प्रतिष्ठानका अध्यक्ष भूमिप्रसाद दाहालको अध्यक्षा रहेको थियो ।

 

जीवन आचार्य चर्चित कवि, कलाकार, डिजाइनर तथा स्तम्भकारका रुपमा ०३० को दशकदेखि चर्चा कमाएका दमकका सर्जक हुनुहुन्थ्यो । जीवनका पिता साहित्यकार कमल जंगली आचार्यको अगुवाईमा उहाँको नाममा जीवन स्मृति प्रतिष्ठान स्थापना भइ हरेक वर्ष संस्थाले प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिष्ठानबाट १० लाखको अक्षयकोष खडागरी त्यसको व्याजबाट पुरस्कारसहितका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण