इरानबाट उद्धार

इरानमा रहेका नेपालीहरु मध्ये ११ जना मंगलबार भारतीय विमानमा भारतसम्म आईपुग्ने

९ असार, दमक । सरकारले इजरायलसँग युद्धमा रहेको देश इरानमा १६ नेपाली रहेको जनाएको छ ।

आज प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिने क्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इरानमा १६ जना नेपाली रहेको जानकारी दिनुभएको हो । उहाँले मंगलबार भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी समेत दिनुभयो । भारतले आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालीलाई पनि उद्धार गरिदिने बताएकाले सरकारले सहमति जनाएको उहाँको भनाइ छ ।
११ जनामध्ये एक जनाको ट्राभल डकुमेन्ट नभएकाले बनाउन प्रक्रिया सुरु भएको सो क्रममा परराष्ट्र मन्त्री डा. राणाले जानकारी दिनुभयो । यसैगरी ५ जना नेपाली नागरिक गैरकानुनी रूपमा त्यहाँको जेलमा रहेकाले यही अवस्थामा कसरी छुटाउन सकिन्छ भनेर पहल भइरहेको उहाँको भनाइ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर