नगरपालिकाको निर्णय

दमक नगरपालिकाले लुडो र क्यारेमबोर्ड खेल्न लगायो प्रतिबन्द

९ असार, दमक । दमक नगरपालिकाले शहर बजारमा होहल्ला गर्दै क्यारेमबोर्ड र लुडो खेल्ने क्रम बढेको भन्दैे यी खेललाई प्रतिबन्ध गरेको छ । जुवाजन्य रुपमा हारजीत सहित क्यारेमबोर्ड र लुडो खेल्ने प्रवृती मौलाउदै गएकाले यसलाई प्रतिबन्ध गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनु भयो ।
नगरपालिकाले गरेको सर्वपक्षिय छलफलमा यो बिषय उठेको र बिकृती नियण्त्रणका लागि यस्तो निर्णय लिनु परेको पनि थापाले जनाउनु भएको छ । क्यारेमबोर्ड र लुडो जुवाजन्य खेल नभएको भएता पनि ठुलोठुलो धनराशीको बाजि खेल्ने गरेको पाईएको पनि छलफलमा कुरा उठेको बताइएको छ । बाह्रमासे हिसावले पसल तथा गल्लीगल्लीमा छरछिमेक र बालबालिकामा समेत असर गर्नेगरी यस प्रकारका खेल खेल्ने र खेलाउने कार्य नरोकिए कार्वाही गरिने पनि नगर प्रमुख थापाले जनाउनुभयो । क्यारेमबोर्ड र लुडो प्रतिबन्ध गरिएकोप्रति कतिपयले बिरोध पनि जनाएका छन् ।
निर्णय कार्यन्वयनका लागि नगर प्रहरी परिचालन गरिएको बताईएको छ । स्थानीय प्रशासन र प्रहरी समेत सर्वपक्षिय छलफलमा बसेर निर्णय भएकाले कार्यन्वयन गर्न सबै लाग्ने प्रतिबद्धता जनाएको नगरपालिकाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर