दमक, ९ असार / लागुऔषधसहित झापाको कनकाईबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
आज दिउँसो साढे १२ बजे इलाका प्रहरी कार्यालय सुरुङगाबाट बरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा खटिएको सादा पोसाकको टोलीले कनकाई नगरपालिका ४ कृषि मार्ग नमुना टोलकी ४० वर्षीया विमला चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीले चौधरीको घरबाट प्लास्टिकसहित १९५ ग्राम ब्राउनसुगर र २५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित चौधरीलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।









