कृषि प्रवर्द्धनमा पालिका

अनुदान पाएपछि व्यवसायिक कृषि र पशुपालनमा सन्दकपुरवासी

इलाम, ९ असार / गाउँपालिकाले अनुदानका कार्यक्रम संचालन गरेपछि इलामको सन्दकपुरमा व्यवसायिक कृषि र पशुपालनमा किसानको आकर्षण बढेको छ ।

 

उन्नत बीऊ, प्रविधि र सीप हस्तान्तरणसँगै अनुदान रकम समेत दिन थालेपछि व्यवसायिक कृषि र पशुपालनमा सन्दकपुरवासी लागेका छन् ।
सन्दकपुर ३ का मदन निरौला व्यवसायिक रुपमा कृषि र पशुपालन गर्नुहुन्छ । मुना मदन कृषि र पशुपालन फार्म दर्ता गरि निरौला कृषि उपज र दूध बिक्रीबाट आम्दानी गर्दै आउनुभएको हो । निरौलाका गोठमा ३० लिटर दूध दिने उन्नत जातको गाई छ । गाईपालनसँगै निरौलाले अलैँची, अदुवा, चिया खेतीसँगै बाख्रा पालन गर्दै आउनुभएको छ ।

 

उहाँमात्र होईन, सन्दकपुर ३ कै प्रकाश पराजुली व्यवसायिक रुपमा तरकारी खेती गर्नुहुन्छ । मौसमी र बेमौसमी खेती गर्दै आउनुभएका पराजुलीले आफ्‌नो घर खर्चको माध्यम तरकारीको आम्दानी भएको छ । मदन निरौला र प्रकाश पराजुली मात्रै हैन गाउँ घरमा स्थानीय सरकार पुगेपछि इलामको सन्दकपुरमा कृषि, तरकारी र पशुपालनमा किसानको आकर्षण भएको छ । सन्दकपुर गाउँपालिकाले परम्परागत हिसाबले कृषि र पशुपालन गर्दै आएका किसानलाई व्यवसायिक बनाउन अनुदानका कार्यक्रम संचालन गर्दै आएको हो । प्रदेश र संघीय सरकारसँगको समन्वयमा संचालन भएका अनुदानका कार्यक्रमले सहयोग पुगेको कृषक प्रकाश पराजुलीले बताउनुभयो ।

 

सन्दकपुरमा अलैची, अम्रिसो, किबी, जडिबुटी, तरकारी खेती र पशुपालनका व्यवसायिक फार्म दर्ता हुने क्रम बढेको छ । यसक्रममा वडा नम्बर ३ को माइपताल क्षेत्रलाई औद्योगिक ग्राम बनाउने योजना सन्दकपुरको छ । सन्दकपुरमा उद्योग व्यवसाय दर्ताको संख्या ५ सय २८ छ । कृषि र पशुपालन सम्बन्धि फार्महरु दर्ता भइ संचालन भएपनि माग अनुसारको सहयोग नपाएको किसान मदन निरौलाले बताउनुभयो । कृषि, पशुपालन र पर्यटन व्यवसाय यहाँको मुख्य आम्दानी हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय