अगाडि छन् छोरीहरू

वक्तृत्व मैदानदेखि समाज परिवर्तनसम्म छोरीकै अग्रता

छोरीहरू यतिबेला सामाजिक मुद्दाहरूमा विचार राख्न सक्ने मात्र होइन, धारिलो विश्लेषण र परिवर्तनको आह्वान गर्न सक्ने बनिसकेका छन् ।

विर्तामोड, १० असार । मंगलवार दमककी शीतल कुवँरको स्वर विर्तामोडको एक मञ्चमा  निकै बुलन्द सुनियो । शीतलको गहकिलो तर्क थियो –‘हामी नयाँ पुस्ता, हाम्रो जिम्मेवारी स्पष्ट छ । लागूऔषधमुक्त समाज निर्माण गर्नु हामी सबैको उत्तिकै दायित्व छ ।’

 

 

उहाँको आत्मविश्वास, विश्लेषण र जोशले पूरा हललाई मन्त्रमुग्ध बनायो । जब निर्णायक मण्डलले उनलाई प्रथम घोषणा गर्‍याे  । त्यो क्षण केवल शीतलको जीत थिएन । त्यो समग्र छोरी पुस्ताको अग्रता र आवाजको पहिचान थियो ।

 

 

विर्तामोडमा आयोजित जिल्लाव्यापी विद्यालयस्तरीय वकृत्वकला प्रतियोगिताले एउटा शक्तिशाली सन्देश दिएको छ— नेपालमा छोरीहरू अब केवल सहभागी होइनन्, नेतृत्वकर्ताका रूपमा उदाउँदैछन् ।

 

 

लागूऔषध दुरुपयोग र ओसारपसारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको यस प्रतियोगितामा सहभागी २९ जनामध्ये विजेता हुने सबै पाँच स्थानमा छोरीहरूले नै कब्जा जमाए ।

प्रतियोगितामा पुजन आचार्य (जयपुर मावि, बुद्धशान्ति) दोस्रो, रेजिना वन (इष्ट होराइजन स्कुल, मेचीनगर) तेस्रो तथा दीप्ती सुवेदी (मोहनमाया स्कुल, विर्तामोड) र जुनु दंगाल (निहारिका स्कुल, कमल) ले सान्त्वना पुरस्कार जिते ।

विर्तामोडमा आयोजित वकृत्वकला प्रतियोगितामा पहिलो पुरस्कार विजेता दमककी शीतल कुवँर । तस्बिर–उज्यालोखबर

छोरीहरुले पाएको यो सफलताको सामाजिक सन्देश गहिरो छ । वकृत्व प्रतियोगिता एउटा प्रतीक हो, जहाँ युवाको चेतना, दृष्टिकोण र सामूहिक ऊर्जा अभिव्यक्त हुन्छ । यसको स्पष्ट सन्देश छ— छोरीहरू यतिबेला सामाजिक मुद्दाहरूमा विचार राख्न सक्ने मात्र होइन, धारिलो विश्लेषण र परिवर्तनको आह्वान गर्न सक्ने बनिसकेका छन् ।

शीतल कुवँरले आफ्ना विचारहरू प्रस्तुतीकरण गर्दै भन्नुभएको थियो– ‘लागूऔषध एउटा व्यक्ति मात्र होइन, उसको परिवार, समुदाय र देशलाई पनि चुँड्याउने घातक बिष हो । यसको विरुद्धमा म मौन बस्न सक्दिन ।’ यस्तो परिपक्व विचार कुनै राजनीतिक नेता वा समाजशास्त्रीको होइन—यो किशोरीहरूको चेतनास्तर हो,  जुन अब विकासको मेरुदण्ड बन्न खोज्दैछ ।

 

छोरीहरू कसरी अग्रस्थानमा आइरहेका छन् ?

पछिल्लो दशकको सामाजिक रूपान्तरणमा छोरीहरूको शिक्षामा पहुँच, आत्मविश्वास अभिवृद्धि र नेतृत्व क्षमतामा विकासले गहिरो परिवर्तन ल्याएको छ । महिलाका लागि छुट्टै शैक्षिक कार्यक्रम, छात्रवृत्ति, सुरक्षित विद्यालय अभियान, किशोरी समूहहरू, क्लबहरू तथा स्थानीय तहमार्फत सञ्चालित चेतनामूलक अभियानहरूले छोरीहरूलाई ‘भोक मेटाउन मात्र पढाइ’ नभई ‘समाज बदल्ने शक्ति’ का रूपमा तयार गर्न थालेका छन् ।

युवाको संवेदनशीलता र लागूऔषधको चुनौती

नेपालको किशोर–किशोरी पुस्ता लागूऔषध दुरुपयोगको बढ्दो जोखिममा रहेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । विशेष गरी सीमावर्ती जिल्ला झापा, जहाँ भारतसँग खुला सिमानाका कारण लागूऔषधको ओसारपसार तुलनात्मक रूपमा सहज छ, युवाहरू सजिलै जोखिममा पर्छन् । यस्तो अवस्थामा युवाले आफैं चेतनाका माध्यमबाट नेतृत्व लिनु थप प्रभावकारी हुने झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको धारणा छ ।

विर्तामोडमा आयोजित वकृत्वकला प्रतियोगितामा विजेता छोरीहरुसँग सामुहिक तस्बिर खिचाउँदै प्रमुख जिल्ला अधिकारी लगायतका आयोजकहरु । तस्बिर–उज्यालोखबर

यसपटक प्रतियोगिताको मूल उद्देश्य पनि यही थियो—युवाको नेतृत्वमा चेतना विस्तार । निर्णायक मण्डलका एक सदस्य तथा सञ्चारकर्मी सावित्रा दाहाल भन्नुहुन्छ– लागूऔषधमुक्त समाज निर्माण राज्यको एकल दायित्व होइन । जब किशोरीहरू आफैं बोलेर चेतना फैलाउँछन्, त्यसबाट सामाजिक हस्तक्षेप  झनै सशक्त बन्छ ।’

नेपालको भविष्य अव कसले बनाउने ? उत्तर स्पष्ट हुँदैछ—हाम्रा छोरीहरूले ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ