करवृद्धि र बेरुजुबारे प्रश्नै–प्रश्न

दमक नगरपालिकाकाे नीति तथा कार्यक्रमबारे नेता र व्यवसायीको प्रतिक्रिया ( भिडिओसहित )

नीति तथा कार्यक्रम बारेमा दमकका राजनीतिक दल र व्यापारीहरुले भिन्न भिन्न प्रतिकृया दिएका छन् ।

दमक, १० असार । दमक नगरपालिकाले आगामी आर्थीक वर्ष २०८२८३ को निती तथा कार्यक्रम साथै बजेट पनि सार्वजनिक गरेको छ । नगरको १७ औ सभामा नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले निती तथा कार्यक्रमका साथमा १ अर्व ४७ करोडको बजेट समेत पेष गर्नु भएको हो ।

 

दमक नगरपालिकाले शिक्षामा निशुल्क कार्यक्रमलाई यो आगामी वर्ष पनि निशुल्क गर्ने घोषणा गरेको छ । आधारभूत तहको शिक्षालाई निशुल्क गर्दै विद्यालयहरुलाई आधुनीक र प्रविधिमैत्री बनाउने निती सार्वजनिक गरेको छ ।

 

तर नगरपासिलकाले बनाएका निती तथा कार्यक्रम अनी बिनियोजन भएकमा बजेटको खर्चमा भने चौतर्फि प्रश्नहरु ख्डा भएका छन् । मंगलबार भएको १७ औ नगरससभामा नगरको आय व्ययको अवस्थाबारेमा प्रतिवेदन पेष गर्दै लेखा समिती संयोजक गोपालकृष्ण संग्रौला ले नगरपालिकाले दिने विभिन्न सहायताका कार्यक्रम, संस्था प्रर्वधन जस्ता काममा दिएको भुक्तानीमाथी प्रश्न उठाउँदै त्यसलाई सुधार गर्न सुझाव दिनु भएको छ ।

 

विभिन्न शिर्षकको बजेटको सारशं समेत प्रस्तुत गर्दै ल्याएको निति तथा कार्यक्रम बारेमा दमकका राजनैतिक दल र व्यापारीहरुले भिन्न भिन्न प्रतिकृया दिएका छन् ।

 

दमक उद्योग वाणिज्य सघंका अध्यक्ष गोपाल गुरागाईले दमक नगरपालिकाले सस्थगतरुपमा घर बहालकर बृद्धि गरेकोमा अहिलेको परिस्थितीमा कर बढाउने निति सकरात्मक नभएको उल्लेख गर्नु भयो । उहाँले करका दायरा बढाएर आम्दानी बृद्धि गर्दै नगरको लक्ष्य पुरा गर्नु भन्दा पनि अझै अनुमानीत बजेट मात्रै सार्वजनिक गर्नु दुखद रहेको उहाँले बताउनु भयो ।

यस्तै नेपाली काग्रेस झापाका उप सभापति शेर बहादुर भट्टराईले नगरले अतीनै साना र टुक्रे योजना ल्याएर बजेटहरु छर्ने गरिको भन्दै टिप्पणी गर्नु भएको छ । उहाँले भन्नु भयो ‘बरु एकिकृत रुपमा परिणाम दिने र दीर्घकालीन योजनाहरु बनाएर काम गर्ने हो भने राम्रो हुन्छ ।’

 

यता नगरको नेतृत्वमा समेत रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टि झापाका उपाध्यक्ष बिजय बरालले भने बजेट र निती कार्यक्रम समेत सकरात्मक रहेको र यसको कार्वान्वायनको अवस्था चाहि कस्तो आउने हो भन्दै संका पनि गर्नु भएको छ ।

 

नगरले पर्यटकिय, स्मरण योग्य, बहुपयोगी, वातावरणमैत्री पार्क निर्माण गर्ने । सवै पूर्वाधारमा दमक वासीको सहभागीता, निर्मित पूर्वाधारले दिन्छ, दिगो विकास र सुनिश्चितता “ कार्यक्रम संचालन गर्ने प्रस्ताव समेत गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय