दमक, ११ असार/ बालबालिकाको बृद्धि संगसंगै विकासका लागि बचको आमालाई पोषणयुक्त खानको जरुरी पर्छ । तर, नेपालमा अझैपनि सबैजसो क्षेत्रमा पोषणयुक्त खानाको कमीका कारण आमा र बच्चाको स्वस्थ त बिग्रन्छ नै भविष्यमा बच्चामा पनि कुपोषण जस्ता रोगको शिकार हुनु पर्छ । तर पछिल्ला समयमा मातृतव सुधार काकार्यकम पनि सञ्चालन हुन थालेका छन् । यसमा स्थानीय तह झनै सक्रिय रुपमा लागेका छन् ।
मातृ स्वास्थ्य सुधार गर्दै समुदायमा स्वास्थ्यप्रति जागरूकता बढाउने उद्देश्य दमक नगरपालिका वडा नं. ३ ले सुत्केरी महिलाको स्वास्थ्य र पोषणमा ध्यान दिँदै पोषक सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको छ। चालु आर्थिक वर्षको साउनदेखि असार महिनासम्म सुत्केरी भएका महिलालाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको हो। वडाले चामल, दाल, अण्डा र घिउ गरि ५ प्रकारका पोषण सामाग्री बितरण गरेको हो ।
सुत्केरी महिलाले शारीरिक रूपमा पुनः सशक्त हुन आवश्यक पर्ने प्रमुख पोषक तत्त्व यिनै खानेकुराबाट प्राप्त हुने भएकाले वडाले यस कार्यक्रमलाई प्राथमिकतामा राखेको बताएको छ । यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका महिलाहरूले वडाप्रति कृतज्ञता प्रकट गरेका छन्। उनीहरूले सुत्केरी अवस्थामा सरकारले यस्तो सहयोग पु¥याउनु निकै सहायता भएको प्रतिक्रिया दिएका छन्।
दमक नगरपालिका ३ का सचिव बालकृष्ण कोईराला अघिल्लो वर्ष नगरपालिकाबाट प्रदान हुने तर हाल हटाइएको कार्यक्रमलाई वडाले निरन्तरता दिएको बताउनुहुन्छ ।वडाभित्रमा बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउने आमालाईवितरण गरिएको यस किसिमको कार्यक्रम आगामी आर्थिक वर्षमा पनि निरन्तर रुपमा सञ्चालन गरिने उहाँको धारणा छ ।
दमक ३ मा सञ्चालनमा ल्याइएको यो कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउनुका साथै पोषण अभावका कारण देखिने कुपोषण र कमजोरीलाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।









