सृजना प्रष्फुटन गराउँदै पालिका

दमकको बाल कला उत्सवमा रमे बालबालिका

दमक, ११ असार / तीन तहका सरकार बनेपछि सृजना क्षेत्रको विकासका गतिविधि बढेका छन् । पालिकास्तरमा बालबालिकाको प्रतिभा विकासका कार्यक्रमहरु हुने क्रममा झापाको दमक नगरपालिका कार्यालयको आर्थिक व्यवस्थापनमा २ दिने बाल कला उत्सव २०८२ आयोजना भएको छ ।

 

बालबालिकाहरुको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने योजनामा दमक नगर बाल सञ्जालको आयोजनामा बुधबारबाट ८ वटा सृजनात्मक विषयमा नगरस्तरीय प्रतियोगिता थालिएको छ । जसमा पहिलो दिन कविता, वादविवाद, श्रृति लेखन र चित्रकला प्रतियोगिता सम्पन्न भएका छन् । प्रतियोगितामा बालबालिकाहरु उत्साहित बनेका थिए ।

 

बिहीबार वक्तृत्वकला, हस्तकला, बुद्धिचाल र हाजिरीजवाफ प्रतियोगिता सञ्चालन हुने नगर बाल सञ्जाल अध्यक्ष विपेश श्रेष्ठले जनाउनु भयो । कोरोनाकालमा बाल सञ्जालले यसखाले उत्सव गरेको भएपनि त्यसलाई अब निरन्तरता दिने योजना नगरपालिका कार्यालयसंग अघि सारेको उहाँले सुनाउनु भयो । ‘सबै पालिकासंगको सहकार्यमा यसखाले उत्सव झापा जिल्ला स्तरीय नै सञ्चालन गर्ने समेत हाम्रो योजना छ ।’ उहाँले थप्नुभयो ।

 

विभिन्न विधाका प्रतियोगिताका लागि सर्जकहरु बास्कोटा धनञ्जय, धनकुटे कान्छा, भूपेन्द्रराज तिम्सिना, रमेश भट्टराई, कृष्ण उदासी, सञ्जु थापामगर तथा सञ्चारकर्मी नारायण बस्नेतसहित निर्णायकका रुपमा रहनु भएको थियो ।

 

शुक्रबार एक कार्यक्रमबीच नतिजा प्रकाशन गर्दै पुरस्कृत बालबालिकालाई पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।