पथरी नगर अस्पतालको छैटौं स्थापना दिवस

१ वर्षमा १ लाख २ हजार १ सय ८७ जनाको उपचार

पथरी, १२ असार / उत्तरपूर्वी मोरङको पथरी नगर अस्पतालले पछिल्लो १ वर्षमा १ लाख २ हजार १ सय ८७ जनाको स्वास्थ्य उपचार गरेको छ ।

 

पथरी शनिश्चरे नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालको छैटौं स्थापना दिवसको अवसरमा प्रस्तुत प्रतिवेदनमा सो तथ्यांक उल्लेख गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रममार्फत समेत उपचामा संलग्न अस्पतालले सो अवधिमा ११ करोड ७९ हजार २ सय ४९ रुपैयाँको आम्दानी र १० करोड ४ लाख ४१ हजार ५ सय ६५रुपैयाँ खर्च भई १ करोड ७४ लाख ८३ हजार ३ सय ३६ रुपैयाँ बचत रहेको नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।

 

वडा नं. २ को छ्यालिस बिघेमा अवस्थित नगर अस्पतालको स्थापना दिवसको अवसरमा असहाय मानव सेवा समाज दमकको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर सञ्चालन समेत गरिएको छ ।

 

नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा २ नम्बर वडाध्यक्ष एवम् अस्पताल व्यवस्थापन समितिका सदस्य नैना राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

पञ्चायत माविको वि.व्य.स. अध्यक्ष युवराज बास्कोटा, नेपाली कांग्रेसका नगर उपाध्यक्ष के.बी. गुरुङ, पूर्व नगर प्रमुख दिलिपकुमार राई (किशोर), संविधानसभा सदस्य चण्डीप्रसाद राईले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

 

वार्षिकोत्सवको अवसरमा अस्पतालका उत्कृष्ट कर्मचारी डा. ओम शान्ति रजक र एल्डिना गुरुङलाई सम्मान गरिएको थियो । ६४ जना कर्मचारी कार्यरत रहेको अस्पतालमा दैनिक ३ सयको हाराहारीमा बिरामी उपचार गर्न आउने गरेका छन् ।

 

स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा नगरको प्रभावकारिता झल्किएको देखिन्छ । अस्पतालको सुविधा सम्पन्न आधुनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,