पथरी नगर अस्पतालको छैटौं स्थापना दिवस

१ वर्षमा १ लाख २ हजार १ सय ८७ जनाको उपचार

पथरी, १२ असार / उत्तरपूर्वी मोरङको पथरी नगर अस्पतालले पछिल्लो १ वर्षमा १ लाख २ हजार १ सय ८७ जनाको स्वास्थ्य उपचार गरेको छ ।

 

पथरी शनिश्चरे नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालको छैटौं स्थापना दिवसको अवसरमा प्रस्तुत प्रतिवेदनमा सो तथ्यांक उल्लेख गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रममार्फत समेत उपचामा संलग्न अस्पतालले सो अवधिमा ११ करोड ७९ हजार २ सय ४९ रुपैयाँको आम्दानी र १० करोड ४ लाख ४१ हजार ५ सय ६५रुपैयाँ खर्च भई १ करोड ७४ लाख ८३ हजार ३ सय ३६ रुपैयाँ बचत रहेको नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।

 

वडा नं. २ को छ्यालिस बिघेमा अवस्थित नगर अस्पतालको स्थापना दिवसको अवसरमा असहाय मानव सेवा समाज दमकको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर सञ्चालन समेत गरिएको छ ।

 

नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा २ नम्बर वडाध्यक्ष एवम् अस्पताल व्यवस्थापन समितिका सदस्य नैना राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

पञ्चायत माविको वि.व्य.स. अध्यक्ष युवराज बास्कोटा, नेपाली कांग्रेसका नगर उपाध्यक्ष के.बी. गुरुङ, पूर्व नगर प्रमुख दिलिपकुमार राई (किशोर), संविधानसभा सदस्य चण्डीप्रसाद राईले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

 

वार्षिकोत्सवको अवसरमा अस्पतालका उत्कृष्ट कर्मचारी डा. ओम शान्ति रजक र एल्डिना गुरुङलाई सम्मान गरिएको थियो । ६४ जना कर्मचारी कार्यरत रहेको अस्पतालमा दैनिक ३ सयको हाराहारीमा बिरामी उपचार गर्न आउने गरेका छन् ।

 

स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा नगरको प्रभावकारिता झल्किएको देखिन्छ । अस्पतालको सुविधा सम्पन्न आधुनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका