भौतिक विकासमा प्रगति

सडक निर्माण र कालोपत्रे कार्य अन्तिम चरणमा

सडक डिभिजन कार्यालय दमकका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा ९३ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित कार्य भइरहेको छ।

दमक, १२ असार  । झापा जिल्लामा सडक निर्माण र कालोपत्रे कार्य अन्तिम चरणमा पुगेका छ । सडक डिभिजन कार्यालय दमकका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा ९३ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित कार्य भइरहेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेका विगतका केही आयोजना र चालू वर्षका योजनासहित झापामा हाल ९१ वटा परियोजनाहरू ठेक्कामार्फत कार्यान्वयनमा छन्। सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी ई. बिपिन ढुङ्गानाका अनुसार चालू आर्थिक वर्षमा निर्वाचन क्षेत्र रणनीतिक योजना तथा विगतका योजनाहरूका सडकमा कालोपत्रे भइरहेको छ। ती सबै योजना असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ।

सडक डिभिजन कार्यालयका अनुसार दमक–चिसापानी सडक अन्तर्गत चपेटी–मार्चेबुङ खण्डको ६ किलोमिटर सडक पनि यसै वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको छ। यद्यपि कुल प्रगतिबारे यथेष्ट तथ्यांक सार्वजनिक नगरिए पनि कार्य सन्तोषजनक रूपमा अघि बढिरहेको ढुंगानाले बताउनुभयो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर