जवाफदेहिता सिर्जना

दमक ६ को सार्वजनिक सुनुवाई, विकास र योजनामा नागरिकको चासो

दमक, १३ असार /नेपालको संविधानले नागरिकलाई सूचनाको अधिकार सुनिश्चित गरे पनि अधिकांश सरकारी निकाय र सार्वजनिक संस्थाहरुले आफ्ना योजनाको विवरण सार्वजनिक नगर्दा पारदर्शिता माथि प्रश्न उठ्ने गरेको छ। तर कतिपय स्थानीय तहहरुले भने आर्थिक वर्षभित्र सञ्चालन भएका गतिविधिको जानकारी नागरिकहरु समक्ष प्रस्तुत गर्दै नागरिक अधिकारको प्रत्यभूत गरेका छन् ।

 

दमक नगरपालिका–६ ले नागरिकको अधिकारको अनुभूत गर्दै वडामा चालू आर्थिक वर्ष भएका आम्दानी, र खर्चको विवरण  सार्वजनिक  गर्देै पारदर्शिताका लागि सार्वजनिक  कार्यक्रम सम्पन्न गरेको छ ।

 

स्थानीय तह र नागरिकहरुबीचको दाहोरो संबाद स्थापित गर्न दमक नगरपालिका ६ ले सार्वजनिक  सुनुवाइ कार्यक्रम गरिएको छ । दमक नगरपालिका ६ का अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव प्रकाश घिमिरेले चालू आर्थिक बर्षमा १ करोड २९ लाख ४० हजार रुपैयाँको कुल बजेटमध्ये १ करोड ३ लाख ५२ हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो। सोमध्ये भौतिक पूर्वाधारतर्फ ९५ प्रतिशत र वित्तीयतर्फ ८० प्रतिशत बजेट खर्च भएको समेत जानकारी गराइएको थियो। आम्दानीतर्फ ४ करोड ४६ लाख ९० हजार २१५ रुपैयाँको लक्ष्य राखिएपनि २ करोड ७६ लाख ९ हजार ९२ रुपैयाँ, अर्थात ६१ प्रतिशत लक्ष्य हासिल उहाँ  बताउनुहुन्छ —

कार्यक्रमको दोस्रो सत्रमा सहभागी नागरिकहरुले वडामा देखिएका दुव्र्यसन, बेरोजगारी, आयआर्जनसँग सम्बन्धित योजना, तथा वडामा भइरहेका सामाजिक र विकास निर्माण कार्यप्रति चासो व्यक्त गरेका थिए। उनीहरुले फोरमैला व्यवस्थापन र लागु पदार्थ दुब्र्यसनलाई प्रमख चासोका रुपमा राखेका थिए —

कार्यक्रमको समापनमा वडा अध्यक्ष टेक बहादुर थापाले नागरिकहरुको सुझाव र सरोकारका विषयहरुलाई गम्भिरतापूर्वक लिँदै आगामी दिनमा झन प्रभावकारी योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। दमक ६ मा टोल विकास सस्था र नागरिहरुको प्रत्यक्ष सहभागिता भए समृद्धि समभब हुने धारणा राख्नुहुन्छ —

स्थानीय तहको यस प्रकारका कार्यक्रमले स्थानीय तह र जनताको बीचमा पारदर्शिता साथै सुशासनको प्रत्यभुतिका साथै जनप्रतिनिधिलाई नागरिहरुतर्फ जबाफदेहिता सिर्जनामा समेत महत्वपूर्ण भूमिका खेल्नेमा कुनै दुईमत देखिदैन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका