पत्रकार आचारसंहितामा बहस

पत्रकार आचारसंहिता र स्थानीय तहमा रिपोर्टिङबारे अन्तरक्रिया

नेपाल पत्रकार महासंघ झापाको आयोजना,प्रेस काउन्सिल नेपाल र कोशी प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त सहजीकरणमा सम्पन्न भएको हो।

 

 

दमक, १४ असार/झापाको बिर्तामोडमा पत्रकार आचारसंहिता र स्थानीय तहमा रिपोर्टिङबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ झापाको आयोजना,प्रेस काउन्सिल नेपाल र कोशी प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त सहजीकरणमा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार शिब गाउले र प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुषालले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले पत्रकारितामा देखिएका विकृति र चुनौतीबारे चर्चा गर्दै, पत्रकारले पालन गर्नुपर्ने आचारसंहिता र स्थानीय तहका विषयमा कसरी प्रभावकारी रिपोर्टिङ गर्न सकिन्छ भन्नेबारे जानकारी दिनुभएको थियो।
सोक्रममा पत्रकारहरुले पनि सञ्चारमाध्यममा आएका समाचारमाथि आएका अंकुश र प्रेस स्वतन्त्रतारिुद्धमा भएका घटनामा प्रेस काउन्सिलको स्पष्टताबारे चासो राखेका थिए । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापाका विभिन्न स्थानबाट सक्रिय पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर