पर्यटनको पाटो

काेशी प्रदेशकाे पर्यटन प्रवर्द्धनका लागि देशका विभिन्न सहरमा राेड साे ( फोटो फिचर)

"काेशी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध छ"

दमक , १४ असार |    काेशी प्रदेशकाे समृद्ध पर्यटन सम्भावनालाई देशभर प्रचार गर्ने उद्देश्यले विभिन्न शहरहरूमा राेड साे कार्यक्रमहरु संचालन भइरहेका छन् । प्रदेश सरकारकाे पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयकाे अगुवाइमा सुरु भएका यस्ता कार्यक्रमहरूकाे माध्यमबाट देशभरिका नागरिकलाई काेशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन प्रयास गरिएकाे छ ।

 

 

राेड साे कार्यक्रमहरूमा काेशी टप्पु वन्यजन्तु आरक्ष, धरानकाे विजयपुर, ताप्लेजुङकाे पाथीभरा मन्दिर, इलामकाे चिया बगान, विराटनगरकाे ऐतिहासिक स्थल, सँखुवासभाका पर्यटकीय स्थल, तेर्हथुमका पर्यटकीय स्थल लगायत थुप्रै पर्यटकीय क्षेत्रहरूकाे प्रचार गरिएकाे छ । कार्यक्रममा स्थानीय संस्कृति, रहनसहन, र काेशी प्रदेशकाे मौलिक परिकारहरूलाई समेत विशेष प्राथमिकता दिइएकाे काेशी प्रदेश पर्यटन बर्ष मुल आयाेजक समितिका सदस्य एबम पर्यटनकर्मी बासुदेब बरालले बताए ।

 

पर्यटन प्रबर्धन कार्यक्रम अन्तर्गत हालसम्म काठमाडौंका ३ स्थानमा र पोखराका २ स्थानमा राेड साे सम्पन्न भएकाे छ । राेड साे अब चितवन, हेटाैडा र जनकपुरमा आयाेजना गरिने काेशी प्रदेश पर्यटन बर्ष २०८२ मुल आयाेजक समितिका सदस्य राजन दँगालले जानकारी दिए ।

 

 

कार्यक्रममा पर्यटकीय स्थलहरुकाे भिडियो प्रदर्शन, स्थानिय कला संस्कृति प्रस्तुतिकरण र काेशी प्रदेश भ्रमणका लागि निम्ताे समेत दिईएकाे दँगालले बताए ।

 

 

काेशी प्रदेशकाे पर्यटन मन्त्री षडानन्द मण्डलका अनुसार यस्ता राेड साे कार्यक्रमहरूले देशभर काेशी प्रदेशका पर्यटकीय सम्भावनाबारे सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएकाे छ । उनले भने, “काेशी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध छ, हामी देशैभर र अन्तर्राष्ट्रियस्तरमा यसको प्रचार-प्रसार गर्ने अभियानमा छाैं ।”

 

 

 

स्थानीय व्यवसायीहरू र पर्यटन व्यवसायमा संलग्न पक्षहरूले समेत यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने विश्वास व्यक्त गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी