पर्यटनको पाटो

काेशी प्रदेशकाे पर्यटन प्रवर्द्धनका लागि देशका विभिन्न सहरमा राेड साे ( फोटो फिचर)

"काेशी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध छ"

दमक , १४ असार |    काेशी प्रदेशकाे समृद्ध पर्यटन सम्भावनालाई देशभर प्रचार गर्ने उद्देश्यले विभिन्न शहरहरूमा राेड साे कार्यक्रमहरु संचालन भइरहेका छन् । प्रदेश सरकारकाे पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयकाे अगुवाइमा सुरु भएका यस्ता कार्यक्रमहरूकाे माध्यमबाट देशभरिका नागरिकलाई काेशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन प्रयास गरिएकाे छ ।

 

 

राेड साे कार्यक्रमहरूमा काेशी टप्पु वन्यजन्तु आरक्ष, धरानकाे विजयपुर, ताप्लेजुङकाे पाथीभरा मन्दिर, इलामकाे चिया बगान, विराटनगरकाे ऐतिहासिक स्थल, सँखुवासभाका पर्यटकीय स्थल, तेर्हथुमका पर्यटकीय स्थल लगायत थुप्रै पर्यटकीय क्षेत्रहरूकाे प्रचार गरिएकाे छ । कार्यक्रममा स्थानीय संस्कृति, रहनसहन, र काेशी प्रदेशकाे मौलिक परिकारहरूलाई समेत विशेष प्राथमिकता दिइएकाे काेशी प्रदेश पर्यटन बर्ष मुल आयाेजक समितिका सदस्य एबम पर्यटनकर्मी बासुदेब बरालले बताए ।

 

पर्यटन प्रबर्धन कार्यक्रम अन्तर्गत हालसम्म काठमाडौंका ३ स्थानमा र पोखराका २ स्थानमा राेड साे सम्पन्न भएकाे छ । राेड साे अब चितवन, हेटाैडा र जनकपुरमा आयाेजना गरिने काेशी प्रदेश पर्यटन बर्ष २०८२ मुल आयाेजक समितिका सदस्य राजन दँगालले जानकारी दिए ।

 

 

कार्यक्रममा पर्यटकीय स्थलहरुकाे भिडियो प्रदर्शन, स्थानिय कला संस्कृति प्रस्तुतिकरण र काेशी प्रदेश भ्रमणका लागि निम्ताे समेत दिईएकाे दँगालले बताए ।

 

 

काेशी प्रदेशकाे पर्यटन मन्त्री षडानन्द मण्डलका अनुसार यस्ता राेड साे कार्यक्रमहरूले देशभर काेशी प्रदेशका पर्यटकीय सम्भावनाबारे सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएकाे छ । उनले भने, “काेशी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध छ, हामी देशैभर र अन्तर्राष्ट्रियस्तरमा यसको प्रचार-प्रसार गर्ने अभियानमा छाैं ।”

 

 

 

स्थानीय व्यवसायीहरू र पर्यटन व्यवसायमा संलग्न पक्षहरूले समेत यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने विश्वास व्यक्त गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर