१३ प्रतिशत विलासिता करको विरोध

फेरि आन्दोलनमा उत्रिए दमकका सुनचाँदी व्यवसायी

उपभोक्तामाथि आर्थिक बोझ बढाउने काम राज्यतहबाट भएको व्यवसायीको ठहर ।

दमक, १५ असार / सरकारले सुनमा २ प्रतिशत कर र हिरा जवाहरात बहुमूल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने तयारी गरेसँगै पुनः सुनचाँदी व्यवसायीहर आन्दोलित भएका छन् ।

 

यसअघि देशैभरका सुनचाँदी व्यवसायीहरु सरकारको निर्णयको विरोध गर्दै विभिन्न नारा सहित आन्दोलनमा उत्रिएका थिए । पछि सरकारसँग सहमति गर्दै आन्दोलन स्थगित भएको थियो । तर फेरि बजेट पास हुने बेला माग सम्बोधन नभएपछि उनीहरू अनिश्चितकालिन व्यवसाय बन्द गरी वृहत् र्‍याली गरिरहेका छन् । सधैँ भिडभाड रहने झापा दमकको सुनचाँदी पसलहरु पनि सुनसान छन् । सबै सुनचाँदी पसलहरुको अगाडि ठूलाठूला ताला लगाइएका छन् ।

 

झापाको दमक ६ पशुपती मार्गमा आइतबार दमकका सुनचाँदी व्यवसायीहरु पसल बन्द गरी आन्दोलनमा उत्रिएका थिए । देशैभरका सुनचाँदी व्यवसायसीहरुको उही गुनासो र उही माग । सरकारले सुनमा २ प्रतिशत कर र हिरा जवाहरात बहुमुल्य वस्तुमा १३ प्रतिशत भ्याट लगायो । यसबाट व्यवसायीमात्र होइन, उपभोक्ताहरु पनि मार्कामा पर्ने भन्दै व्यवसायीहरुले आफूहरुसँग उपभोक्ताहरुलाई पनि सामेल गरेर आन्दोलन गरेका थिए ।

 

दमक सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष साथै कार्यवाहक अध्यक्ष पुष्पलाल शंकर आफूहरु बारम्बार आन्दोलनमा उत्रिदा पनि सरकारद्धारा सुनवाई नभएको भन्दै गुनासो व्यक्त गर्नुहुन्छ ।

 

आन्दोलनमा साथ दिन आउनुभएका दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का सम्पूर्ण प्रक्रिया पूरागरी व्यवसाय गरिरहेका व्यवसायीहरुमा राज्यले विलासिताको कर लगाइदिएको बताउँदै उहाँ भन्नु हुन्छ ‘राज्यले चाँडो भन्दा चाँडो यो निर्णयलाई फिर्ता लिएर व्यवसायीलाई व्यवसायमै फर्काउने वातावरण बनाओस् ।’

 

आन्दोलन बाहिरबाट हेर्दा सुनचाँदी व्यवसायीहरुको लागि जस्तो देखिएपनि भित्री त्यस्तो नरहेको र त्यो विशेष उपभोक्ताहरुको लागि रहेको व्यवसायीको दाबी छ । सरकारले व्यापारीलाई माध्यम बनाएर उपभोक्ताबाट बिलासिता कर उठाउन खोजेको भन्दै यो अन्दोलनमा उपभोक्ताहरु पनि उत्तिकै सामेल हुन आग्रह गर्नुहुन्छ दमक सुनचाँदी महासंघका कानुनी सल्लाहकार युवराज निरौला ।

 

 

करोडौं लगानी गरेर व्यवसाय गरिरहेका सुनचाँदी व्यवसायी र उपभोक्तामाथी राज्यले मनलाग्दी बृद्धि गरेको करका बारेमा सर्वत्र विरोध भइरहेको छ । यसले व्यापारीको व्यापार गर्ने हकको हनन् त भएको छ नै उपभोक्तामाथि आर्थिक बोझ बढाउने काम राज्यतहबाट हुनु उचित नभएको उपभोक्तावादी सस्थाहरुको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु