कमलपोखरी र मंगलसिंह माविमा वृक्षरोपण अभियान

दमक, १५ असार / मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर १ मा रहेको ऐतिहासिक कमल पोखरी र सोही ठाउँको मंगलसिंह माविको खाली जग्गामा वृक्षरोपण कार्य अघि बढाइएको छ ।

 

सव डिभिजन वन कार्यालय रंगेलीको आयोजनामा त्यहाँका कार्यालय प्रमुख मनोजकुमार यादवको अगुवाईमा विद्यालयको पथरी शनिश्चरे ६ तर्फको सीमानामा पर्ने ० दशमलव ६५ हेक्टर जग्गामा विरुवा रोप्ने कामको सुरुवात गरिएको हो । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर डाँसखोल संरक्षण समिति, सुनवर्षी १ नम्बर वडा कार्यालयसमेतको सहकार्यमा त्यहाँ शिरिष, अमला, कटहर, मसला, कदमसहितका जातका केही विरुवा रोपेर वृक्षरोपण अभियानको थालनी गरिएको थियो । वृक्षरोपणसँगै त्यसलाई जोगाउने घेराबारा पनि सुरु गरिएको छ ।

 

वृक्षरोपण कार्यमा सुनवर्षी १ का वडाअध्यक्ष वीरबहादुर राई, मंगलसिंह माविका प्रधानाध्यापक सन्तलाल लिम्बूसहितका स्थानीयको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक लिम्बूले विद्यालयको जग्गामा फलफूलसहितका विरुवाबाट बढी आम्दानी हुने बुझेर वृक्षरोपण गरिएको दर्शाउनु भयो ।

 

यसका साथै कमलपोखरी संरक्षण समितिमार्फत कमलपोखरीको बाहिर भागमा करिब १ हेक्टर क्षेत्रफलमा वनले उपलब्ध गराएको विरुवा रोप्ने कामको पनि थालनी गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर