बिर्तामोड, १६ असार / झापाको बिर्तामोड बसपार्कमा रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा १२ लाख रुपैयाँ बढीको क्षति पुगेको छ ।
अर्जुनधारा– ११ बसपार्क बस्ने मोतीबहादुर खड्काले आफ्नो टिनको छानो, टिनको घेराबारा भएको एकतले घरमा सञ्चालन गरेको खड्का फर्निचरमा आइतबार मध्यरातमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट फर्निचरमा रहेको काठ चिर्ने मेसिन र काठपातहरु पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १२ लाख बराबरको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।









