शिक्षामा भौतिक पूर्वाधार

हिमालय माविमा नयाँ भवन बन्दै : थप १ हजार बढी विद्यार्थी अट्ने

दमक, १८ असार /  झापाको दमक नगरपालिका वडा नम्बर २ मा रहेको हिमालय माध्यमिक विद्यालय दमककै नमूना विद्यालय मध्येको एकमा पर्दछ । विभिन्न सुविधाका साथै गुणस्तरीय पठनपाठन हुने यस विद्यालयमा भर्ना हुने समयमा विद्यार्थीहरुको घुँइचो लाग्ने गर्दछ । तर, कक्षा कोठाको अभावले गर्दा पढ्न चाहने सबै विद्यार्थीहरु विद्यालयमा भर्ना हुन पाइरहेका थिएनन् । तर अब भने यो समस्याको समाधान हुदैँछ । विद्यालयमा थप कक्षा कोठाको लागि नयाँ भवनको निर्माण भइरहेको छ ।

 

हिमालय मावि अभिभावक र विद्यार्थीको रोजाईमा पर्न सफल विद्यालय मानिन्छ । तर भर्ना हुन आएका सबै विद्यार्थीहरु कक्षाकोठा मै नआट्ने कारण कतिपयले सो विद्यालयमा पढ्ने अवसर नपाएको अवस्थालाई ख्याल गरेर विद्यालय व्यवस्थापन समितिको मागमा विद्यालय भवन निर्माणको लागि बजेट परेको थियो तर, विभिन्न कारणले निर्माण कार्य सम्पन्न हुन सकेको थिएन । फेरि अहिले संघीय सरकारको ४ करोड बजेटमा २०८२ जेठ २ गतेबाट काम सुरु भएर निर्माण कार्यले गति लिएको छ ।

 

हाल ३ हजार बढी विद्यार्थी रहेको सो विद्यालयमा थप भवन निर्माण भइसकेपछि १ हजार बढी विद्यार्थी थप अटाउन सक्ने र विद्यालयमा भर्ना हुन चाहने सबै विद्यार्थीले पढ्न पाउने आशा राख्नुहुन्छ विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठ ।

 

आफूहरुले पहल गरेर भवन निर्माणका लागि संघीय सरकारबाट बजेट आएको उल्लेख गर्दै वडा नम्बर २ का अध्यक्ष प्रजापति सापकोटाले गुणस्तरीय शिक्षामा अग्रसर विद्यालयमा पढ्न चाहनेका लागि भवनकै अभाव हटाउन काम अघि बढेको प्रष्ट्याउनु भयो । हालको व्यवस्थापन समितिको पदेन सदस्य समेत रहनु भएका सापकोटाले आफू व्यवस्थापन समितिको अध्यक्ष हुँदा नमूना विद्यालय बनाउन सफल भएको प्रसंग समेत स्मरण गर्नुभयो ।

 

निर्माण कार्यको ठेक्का लिएको १८ महिनामा काम सक्ने गरी सम्झौता भएको र सम्झौता गरेको समयमै काम सक्ने बताउनुहुन्छ केन्द्रीय आयोजना कार्यान्वयन इकाईका सब इन्जिनियर पृथ्वी थापा मगर ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका