शिक्षामा भौतिक पूर्वाधार

हिमालय माविमा नयाँ भवन बन्दै : थप १ हजार बढी विद्यार्थी अट्ने

दमक, १८ असार /  झापाको दमक नगरपालिका वडा नम्बर २ मा रहेको हिमालय माध्यमिक विद्यालय दमककै नमूना विद्यालय मध्येको एकमा पर्दछ । विभिन्न सुविधाका साथै गुणस्तरीय पठनपाठन हुने यस विद्यालयमा भर्ना हुने समयमा विद्यार्थीहरुको घुँइचो लाग्ने गर्दछ । तर, कक्षा कोठाको अभावले गर्दा पढ्न चाहने सबै विद्यार्थीहरु विद्यालयमा भर्ना हुन पाइरहेका थिएनन् । तर अब भने यो समस्याको समाधान हुदैँछ । विद्यालयमा थप कक्षा कोठाको लागि नयाँ भवनको निर्माण भइरहेको छ ।

 

हिमालय मावि अभिभावक र विद्यार्थीको रोजाईमा पर्न सफल विद्यालय मानिन्छ । तर भर्ना हुन आएका सबै विद्यार्थीहरु कक्षाकोठा मै नआट्ने कारण कतिपयले सो विद्यालयमा पढ्ने अवसर नपाएको अवस्थालाई ख्याल गरेर विद्यालय व्यवस्थापन समितिको मागमा विद्यालय भवन निर्माणको लागि बजेट परेको थियो तर, विभिन्न कारणले निर्माण कार्य सम्पन्न हुन सकेको थिएन । फेरि अहिले संघीय सरकारको ४ करोड बजेटमा २०८२ जेठ २ गतेबाट काम सुरु भएर निर्माण कार्यले गति लिएको छ ।

 

हाल ३ हजार बढी विद्यार्थी रहेको सो विद्यालयमा थप भवन निर्माण भइसकेपछि १ हजार बढी विद्यार्थी थप अटाउन सक्ने र विद्यालयमा भर्ना हुन चाहने सबै विद्यार्थीले पढ्न पाउने आशा राख्नुहुन्छ विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठ ।

 

आफूहरुले पहल गरेर भवन निर्माणका लागि संघीय सरकारबाट बजेट आएको उल्लेख गर्दै वडा नम्बर २ का अध्यक्ष प्रजापति सापकोटाले गुणस्तरीय शिक्षामा अग्रसर विद्यालयमा पढ्न चाहनेका लागि भवनकै अभाव हटाउन काम अघि बढेको प्रष्ट्याउनु भयो । हालको व्यवस्थापन समितिको पदेन सदस्य समेत रहनु भएका सापकोटाले आफू व्यवस्थापन समितिको अध्यक्ष हुँदा नमूना विद्यालय बनाउन सफल भएको प्रसंग समेत स्मरण गर्नुभयो ।

 

निर्माण कार्यको ठेक्का लिएको १८ महिनामा काम सक्ने गरी सम्झौता भएको र सम्झौता गरेको समयमै काम सक्ने बताउनुहुन्छ केन्द्रीय आयोजना कार्यान्वयन इकाईका सब इन्जिनियर पृथ्वी थापा मगर ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु