ताप्लेजुङको सिदिङबा गाउँपालिकामा पहिरोले घर पुरिँदा पाँच जना घाइते

 

दमक , असार १८ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन्। । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनको श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते भएकी छन्। । अन्य चार जनाको अवस्था सामान्य रहेको छ।कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेर घर पुरिँदा परिवारका अन्य चार जना घाइते भएको आङखोपका वडाध्यक्ष रत्नबहादुर खत्रीले जानकारी दिए।

 

 

गएराति करिब १ बजे पहिरोले घर पुरिएको हो। पहिरोले एक्कासी घर पुरिएपछि छेउमा रहेको मतानमा सुतेका छोराबुहारीले आमाबुवाको तत्काल उद्धार गरेका थिए। पहिरोका कारण हस्तबहादुर, छोरा जगत कटुवाल, बुहारी सरस्वता कटुवाल र छोरी सम्झाना कटुवाल सामान्य घाइते भएका छन्।

 

 

घाइते ठगमायालाई गम्भीर चोट लागेकाले थप उपचारका लागि एम्बुलेन्स झिकाइएको वडाध्यक्ष खत्रीले बताए। घटनास्थलमा अहिले साब्लाखु प्रहरी चौकीको टोलीले अनुसन्धान तथा क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।