रेडियो किङ्ग एफएमको छैटौ वार्षिकोत्सव

चुनौतीबीच अझ प्रभावकारी खुराक पस्किने प्रतिवद्धता

भिजुअल माध्यमको डिजिटल प्रविधिसँगैको मल्टिमिडियाका सामु रेडियो पत्रकारिता चुनौतीपूर्ण बन्दै गएको अवस्थामा अझ प्रभावकारी खुराक पस्किएर भूँइमान्छेका आवाज बुलन्द गर्ने प्रतिवद्धता

दमक, १८ असार /  झापाको दमकमा सञ्चालनमा रहेको रेडियो किङ्ग एफएम १०४.१ मेगाहर्ज आजबाट पाँच वर्ष पार गर्दै छैठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कार्यालयमा संक्षिप्त कार्यक्रम सम्पन्न गरिएको छ ।

 

कार्यक्रममा रेडियोका अध्यक्ष भूमिराज पराजुलीले कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा सुरु गरिएको रेडियोले विभिन्न उतार–चढाव पार गर्दै आजको दिनसम्मको यात्रा पूरा गरेको बताउनु भयो । उहाँले भिजुअल माध्यमको डिजिटल प्रविधिसँगैको मल्टिमिडियाका सामु रेडियो पत्रकारिता चुनौतीपूर्ण बन्दै गएको अवस्थामा अझ प्रभावकारी खुराक पस्किएर भूँइमान्छेका आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले स्रोता, विज्ञापनदाता, शुभचिन्तक, रेडियो कर्मचारीलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।

 

उज्यालो खबर अनलाइन र रेडियो किङ्ग एफएमलाई पराजुलीको नेतृत्वको टिमले एकसाथ सञ्चालन गरिरहेको छ । केही महिना अघिमात्र नयाँ व्यवस्थापनमा रेडियो अघि बढाइएको छ ।

 

यसक्रममा उज्यालो खबरका सम्पादक भूपेन्द्रराज तिम्सिनाले रेडियोको यात्रालाई निरन्तर रुपमा अघि बढाउन स्रोता, विज्ञापनदाता, सहयोगी, शुभचिन्तकको सधैं साथ आवश्यक पर्ने यथार्थ उल्लेख गर्नुभयो । उहाँले स्रोताका लागि आवश्यक खबर तथा सूचना प्रवाहमा अझ मेहनत गर्दै सयौं वर्षको यात्रा पार गर्न सक्ने अवस्था सिर्जना होस् भन्ने कामना गर्नुभयो ।

 

रेडियोका प्रवन्ध निर्देशक सुदीप अधिकारीले रेडियोको समग्र पक्षलाई थप व्यवस्थित गर्दै लगिने जनाउनु भयो ।
सो अवसरमा रेडियो टिमको सहभागितामा केक काटेर वार्षिक उत्सव मनाइएको थियो ।

 

स्थानीय समुदायका आवाजलाई प्राथमिकतामा राख्दै सञ्चालित रेडियोले समाचार, बहस र मनोरञ्जनका कार्यक्रम तथा सूचना प्रवाहको प्रभावकारी माध्यमका रुपमा श्रोताहरुको मन जित्दै आएको छ । किङ्ग मिडिया ग्रुप प्रालिमार्फत सञ्चालित दमक ८ स्थित गणतन्त्र चोक दक्षिणमा रहेको कार्यालायबाट सो रेडियो १ हजार वाट क्षमतामा सञ्चालनमा छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल