पथरी, १९ असार / मोरङको पथरी शनिश्चरे नगरपालिकाले स्थानीय मिडिया प्रवर्द्धन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष –२०८२/०८३ मा नगरका क्रियाशील सञ्चारकर्मीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
पथरी शनिश्चरे नगर क्षेत्रमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रही विशिष्ट योगदान पुर्याउनु हुने गोरखापत्र दैनिकका स्तम्भकार केशव निरौला र ब्लाष्ट टाइम्स दैनिकका संवाददाता दिनेश सुब्बालाई नगद २५ हजार सहित दोसल्ला ओढाएर कदरपत्रद्वारा सम्मानित गरिएको छ ।
सोही क्रममा, सञ्चार माध्यम प्रवर्धन पुरस्कार २०८२ बाट तिम्मा न्युज साप्ताहिक तथा अनलाइन ( विजय खम्बु) लाई पुरस्कृत गरिएको छ । क्रियाशील पत्रकार पुरस्कारबाट पूर्वाञ्चल दैनिक झापा तथा विराट टेलिभिजन इटहरीका संवाददाता छविराज ढकाललाई नगद १२ हजार सहित पुरस्कृत हुनुभयो। सो अवसरमा स्थानीय १३ जना सञ्चारकर्मीहरूलाई लेखनवृत्ति बापत जनही नगद १० हजार प्रदान गरिएको छ ।
लेखनवृत्ति, सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक जीवन खतिवडाको अध्यक्षतामा सम्पन्न पुरस्कार तथा सम्मान वितरण कार्यक्रमका समिति सदस्य सचिव शिव राई, नगर प्रवक्ता नवीनजंग कार्की, वडा नम्बर ४ अध्यक्ष लोकनाथ न्यौपाने, शिक्षा, यूवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी, कार्यपालिका सदस्य मीना तामाङ, नगर स्वास्थ्य शाखाको प्रमुख मुरारी आचार्य, नेपाल पत्रकार महासंघ मोरङका पूर्व कार्यवाहक अध्यक्ष मोहनप्रसाद भट्टराई, फोनिजका केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राई, सहितको आतिथ्यता रहेको थियो ।
नगरपालिका कार्यालयले वर्षेनी मिडिया प्रवद्र्धन कार्यक्रम अन्तर्गत पत्रकार सम्मान, पुरस्कार तथा लेखनबृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ ।









