संघर्षको उपलब्धि

पथरी शनिश्चरेकी तुम्खेवालाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान हुने

दमक, १९ असार / नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले मोरङको पथरी शनिश्चरे क्षेत्रबाट उदाएर विगत ३० वर्षदेखि नेपाली साहित्य तथा पत्रकारिता क्षेत्रमा सक्रिय विमला तुम्खेवालाई कोशी ‘प्रादेशिक प्रतिभा पुरस्कार २०८१’ ले पुरस्कृत गर्ने भएको छ ।

 

सञ्चारिका समूह नेपालको निवर्तमान केन्द्रीय अध्यक्ष, वर्तमान सल्लाहकार, नेपाली लेखक संघको केन्द्रीय उपाध्यक्षलगायतका संघसंस्थाहरूमा नेतृत्वदायी भूमिकामा रहनु भएकी तुम्खेवालाई नगद ५० हजारसहितको पुरस्कार प्रदान गरिने भएको हो ।
मन्त्रालयले साहित्य विधामा एक जनालाई राष्ट्रिय प्रतिभा पुरस्कार र प्रत्येक प्रदेशबाट एक एक जनालाई प्रादेशिक पुरस्कार प्रदान गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

 

तुम्खेवा ०५० को दशकको सुरुवातबाट पथरीबाट संघर्षपूर्ण रुपमा साहित्य र पत्रकारिता सुरु गर्दै आफूलाई राष्ट्रियस्तरको प्रतिभाका रुपमा स्थापित गर्दै राष्ट्रियस्तरका विभिन्न पुरस्कार र सम्मान प्राप्त गरिसक्नु भएको छ । उहाँ साहित्यनै सबैथोक ठानेर लगातार त्यसैमा समर्पित बन्दै आउनु भएको सर्जकमा गनिनुहुन्छ । हाल काठमाडौंमा रहनु भएकी उहाँको प्रमुख साहित्यिक विधा कविता हो ।

 

रामेछापका अमृत योञ्जन तामाङलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने समेत उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर