उर्लाबारीमा बन्ने भयो अत्याधुनिक बसपार्क

विकासको गति

उर्लाबारी, २० असार / उत्तरपूर्वी मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा अबको केही समयपछि एक अत्याधुनिक बसपार्कको निर्माण कार्य थालिने भएको छ ।

 

भविष्यको यातायात पूर्वाधारलाई ध्यानमा राख्दै निर्माण हुन लागेको यो बसपार्क १८ महिनाभित्र पूर्णरूपमा सम्पन्न गरिने लक्ष्य लिइएको छ ।

 

 

परियोजनाको निर्माण कार्यका लागि औपचारिक सम्झौता भइसकेको छ । उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता र निर्माण व्यवसायी नविन गौतमबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

 

११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपैयाँ २५ पैसाको लागतमा निर्माण हुने सो बसपार्कको जिम्मा अभी डिजाइनर्स एण्ड डेभलपर्स प्रा.लि., हेटौंडालाई दिइएको छ । परियोजनाको ३० प्रतिशत उर्लाबारी नगरपालिकाको लगानी, १० प्रतिशत अनुदान स्वरूप नगर विकास कोषबाट र ६० प्रतिशत नगर विकास कोषको ऋण मार्फत वित्तीय संरचना तय गरिएको छ ।

 

 

सम्झौता कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना कुमारी खतिवडा, इञ्जिनियर पोखराज साह, रोशन उदास, योजना तथा अनुगमन शाखाका प्रमुख विकास दाहाललगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

 

 

परियोजना सम्पन्न भएपछि उर्लाबारीको यातायात व्यवस्थापन व्यवस्थित हुने र नगरको व्यापार, पर्यटन तथा रोजगारी प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही