वातावरण संरक्षण र आयआर्जनको तरिका

निजी वनको हरियाली अभियान

पथरी, २० असार / मोरङ जिल्लामा पारिवारिक तथा निजी वन संघको सक्रियतामा हरियाली तथा वातावरण संरक्षणको अभियानले थप गति लिएको छ ।

 

संघले जिल्लाभर विरुवा वितरणलाई तीव्रता दिँदै किसान र स्थानीय उपभोक्तासम्म आवश्यक विरुवा पुर्‍याउने कार्यमा उल्लेख्य सफलता हात पारेको संघका जिल्ला अध्यक्ष खेमराज इन्द्र ढकालले जनाउनु भयो । उहाँले भन्नुभयो ‘जिल्लामा हरियाली बढाउँदै वातावरण संरक्षण गर्ने हाम्रो अभियानमा यस वर्ष विशेष ध्यान दिँदै कृषक र उपभोक्ताहरूलाई फलफूल तथा अन्य उपयोगी विरुवा सहज रूपमा उपलब्ध गराएका छौं । जसले जिविकोपार्जनमा समेत सघाउने छ ।’ विशेषगरी यो पटक मौसम र स्थानीय मागअनुसार आँप र लिचीका बिरुवा वितरणमा जोड दिइएको छ ।

 

जिल्लाका उर्लाबारी, मिक्लाजुङ, सुनवर्षी, लेटाङ, रतुवामाई, सुनवर्षी, सुन्दरहरैचा, पथरी शनिश्चरे र केराबारी लगायतका विभिन्न पालिकामा विरुवा वितरण कार्य सम्पन्न गरिएको छ ।

 

उर्लाबारी र केराबारीमा आँप र लिच्ची गरी ६/६ सय विरुवा वितरण भएको छ । लेटाङ ९ मा त लिची, आँप, अनार, बडहर, अम्बा र तित्री जातका ६ सय नै विरुवा उपलब्ध गराइएको छ । पथरी नगरपालिकामा ४ सय विरुवा वितरण गरिएको छ ।

 

संघका पदाधिकारीहरूले सम्बन्धित पालिकाका वडाध्यक्षहरूसँग समन्वय गर्दै विरुवा हस्तान्तरण कार्य अघि बढाएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर