व्यापारीको चुनाव

दमक उद्योग वाणिज्य सँघमा चुनाब लाग्याे, भरत चम्लगाईलाई अध्यक्षकाे जिम्मेवारी

दमक| असार २० | आसन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरी नेपाल उद्योग तथा व्यवसायी महासंघ, दमक नगर समितिले अध्यक्ष पदसहितका केहि उम्मेदवार घोषणा गरेको छ ।

विशेषगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट समूहले शुक्रबार एक कार्यक्रमका बीच आगामी कार्यकालका लागि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, द्वितीय उपाध्यक्ष  र महिला उपाध्यक्षका उम्मेदवार सार्वजनिक गरेका हुन ।

दमक–६ स्थित सूर्यदर्शन साकोसमा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा व्यवसायीक गतिविधिमा सक्रिय रहेका व्यक्तिहरूलाई अग्रसर बनाउँदै नेतृत्वमा पु‍र्याउने उद्देश्य रहेको आयोजकले जनाएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले स्वच्छ व्यवसायीक प्रतिस्पर्धा र उद्योगी–व्यवसायीका हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित व्यवसायी तथा समुदायका अगुवाहरूले नयाँ नेतृत्वले स्थानीय उद्योग र व्यापारको संरक्षण, विस्तार र व्यवस्थित विकासमा योगदान पु‍र्याउने विश्वास व्यक्त गरेका थिए ।

 

एमाले निकट समूहले एकजुट भएर निर्वाचनमा जानु स्थानीय व्यवसायीक समूहबीच बलियो सञ्जाल निर्माणको संकेतका रूपमा लिइएको छ । उम्मेद्वार घोषणा कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रिय सदस्य बिमल खतिवडाले बिगतका तित्तता सबै बिर्सिएर वाणिज्य संघको चुनाबमा होमिन सबैलाई आग्रह समेत गर्नुभएको थियो ।

 

दमक उद्योग वाणिज्य संघको निर्वाचनलाई दमकको व्यापारिक क्षेत्रमा निकै चासोका साथ हेर्ने गरिन्छ । विभिन्न समूहहरूबीच संवाद र सहमतिको प्रयास जारी रहे पनि प्रतिस्पर्धात्मक चुनाव हुने सम्भावना प्रष्ट छ । निर्वाचन आउन करिब ५/६ महिना अघिनै एमाले निकट समुहले अध्यक्षमा भरत कुमार चम्लगाई, बरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत , द्वितीय उपाध्यक्षमा रमेश लुइँटेल  र महिला उपाध्यक्षमा लोकमाया ढुङ्गाना अर्थात सजु बुढाथोकीलाई उम्मेद्वारका रुपमा अघि सार्ने घोषणा गरेको छ ।

 

अध्यक्षका उम्मेद्वारका रुपमा अघि सारिनुभएका व्यवसायी भरत कुमार चम्लगाईले व्यवसायीको हक हितका लागि आफ्‌नो उम्मेद्वारी रहेको बताउनुभएको थियो । उहाले बिगतमा आफ्‌नै साथीहरुले सुरु गरेका कार्यक्रमहरुलाई निरन्तरता दिने तथा नयाँ कार्यहरुको थालनी गर्न आफु आतुर रहेको पनि उल्लेख गर्नुभयो ।

 

यसरी उम्मेदवार घोषणा भएसँगै दमकको व्यावसायिक वातावरणमा चुनावी सरगर्मी बढेको अनुभूति हुन थालेको छ । आगामी दिनमा अन्य समूहहरूले पनि उम्मेदवार सार्वजनिक गर्ने तयारी गरिरहेका छन । जसले गर्दा यसपालिको निर्वाचन निकै रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

 

उम्मेद्वार घोषणा कार्यक्रममा नेकपा एमाले झापाका सचिब तुलसी कार्कीले जित निश्चित गर्नका लागि बिगतका कमजोरी सच्याएर अघि बढ्न व्यवसायी नेताहरुलाई सुझाव दिनुभएको थियो ।

स्थानीय उद्योगी–व्यवसायीले नयाँ नेतृत्वसँग उद्योग–व्यापारमैत्री नीति, सहुलियतपूर्ण व्यवस्था र सहकार्यमा आधारित वातावरण निर्माण गर्ने अपेक्षा राखेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर