व्यापारीको चुनाव

दमक उद्योग वाणिज्य सँघमा चुनाब लाग्याे, भरत चम्लगाईलाई अध्यक्षकाे जिम्मेवारी

दमक| असार २० | आसन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरी नेपाल उद्योग तथा व्यवसायी महासंघ, दमक नगर समितिले अध्यक्ष पदसहितका केहि उम्मेदवार घोषणा गरेको छ ।

विशेषगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट समूहले शुक्रबार एक कार्यक्रमका बीच आगामी कार्यकालका लागि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, द्वितीय उपाध्यक्ष  र महिला उपाध्यक्षका उम्मेदवार सार्वजनिक गरेका हुन ।

दमक–६ स्थित सूर्यदर्शन साकोसमा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा व्यवसायीक गतिविधिमा सक्रिय रहेका व्यक्तिहरूलाई अग्रसर बनाउँदै नेतृत्वमा पु‍र्याउने उद्देश्य रहेको आयोजकले जनाएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले स्वच्छ व्यवसायीक प्रतिस्पर्धा र उद्योगी–व्यवसायीका हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित व्यवसायी तथा समुदायका अगुवाहरूले नयाँ नेतृत्वले स्थानीय उद्योग र व्यापारको संरक्षण, विस्तार र व्यवस्थित विकासमा योगदान पु‍र्याउने विश्वास व्यक्त गरेका थिए ।

 

एमाले निकट समूहले एकजुट भएर निर्वाचनमा जानु स्थानीय व्यवसायीक समूहबीच बलियो सञ्जाल निर्माणको संकेतका रूपमा लिइएको छ । उम्मेद्वार घोषणा कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रिय सदस्य बिमल खतिवडाले बिगतका तित्तता सबै बिर्सिएर वाणिज्य संघको चुनाबमा होमिन सबैलाई आग्रह समेत गर्नुभएको थियो ।

 

दमक उद्योग वाणिज्य संघको निर्वाचनलाई दमकको व्यापारिक क्षेत्रमा निकै चासोका साथ हेर्ने गरिन्छ । विभिन्न समूहहरूबीच संवाद र सहमतिको प्रयास जारी रहे पनि प्रतिस्पर्धात्मक चुनाव हुने सम्भावना प्रष्ट छ । निर्वाचन आउन करिब ५/६ महिना अघिनै एमाले निकट समुहले अध्यक्षमा भरत कुमार चम्लगाई, बरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत , द्वितीय उपाध्यक्षमा रमेश लुइँटेल  र महिला उपाध्यक्षमा लोकमाया ढुङ्गाना अर्थात सजु बुढाथोकीलाई उम्मेद्वारका रुपमा अघि सार्ने घोषणा गरेको छ ।

 

अध्यक्षका उम्मेद्वारका रुपमा अघि सारिनुभएका व्यवसायी भरत कुमार चम्लगाईले व्यवसायीको हक हितका लागि आफ्‌नो उम्मेद्वारी रहेको बताउनुभएको थियो । उहाले बिगतमा आफ्‌नै साथीहरुले सुरु गरेका कार्यक्रमहरुलाई निरन्तरता दिने तथा नयाँ कार्यहरुको थालनी गर्न आफु आतुर रहेको पनि उल्लेख गर्नुभयो ।

 

यसरी उम्मेदवार घोषणा भएसँगै दमकको व्यावसायिक वातावरणमा चुनावी सरगर्मी बढेको अनुभूति हुन थालेको छ । आगामी दिनमा अन्य समूहहरूले पनि उम्मेदवार सार्वजनिक गर्ने तयारी गरिरहेका छन । जसले गर्दा यसपालिको निर्वाचन निकै रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

 

उम्मेद्वार घोषणा कार्यक्रममा नेकपा एमाले झापाका सचिब तुलसी कार्कीले जित निश्चित गर्नका लागि बिगतका कमजोरी सच्याएर अघि बढ्न व्यवसायी नेताहरुलाई सुझाव दिनुभएको थियो ।

स्थानीय उद्योगी–व्यवसायीले नयाँ नेतृत्वसँग उद्योग–व्यापारमैत्री नीति, सहुलियतपूर्ण व्यवस्था र सहकार्यमा आधारित वातावरण निर्माण गर्ने अपेक्षा राखेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी