नक्कली मृत्यु प्रमाण-पत्र

नक्कली डेथ सर्टिफिकेटसहित काठमाडौंमा चिनियाँ नागरिक पक्राउ

1644480501_Chinese_citizen_arrest

 

काठमाडौं– नक्कली मृत्यु प्रमाण-पत्र (डेथ सर्टिफिकेट)सम्बन्धी लिखत कीर्ते गरेको कसूरमा काठमाडौंबाट १ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

माघ २५ गते (मंगलबार) काठमाडौंको टेकुस्थित अस्पतालमा नक्कली डेथ सर्टिफिकेट बोकेर १ जना हिँडिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा ईजे०५०९२७७ नम्बरको राहदानी वाहक चिनियाँ नागरिक वाङ याङ छन्। प्रहरीले उनले बोकेको झोलाबाट नक्कली डेथ सर्टिफिकेट र पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी कागजपत्र बरामद गरेको छ।

 

प्रहरीका अनुसार चिनियाँ नागरिक वाङले ग्रीन सिटी अस्पतालको नामबाट जारी भएको नक्कली डेथ सर्टिफिकेट बोकेका थिए।

 

पक्राउ परेका वाङविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।

 

वाङविरुद्ध अनुसन्धानका लागि काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्‍त भइ महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन