विमर्श

‘खुसीको गाउँ’ मा छचल्किए भुटानी शरणार्थीका पीडा

उपन्यासको परिवेशस्थल खुदुनावारीमै गृह विमोचन र विमर्श

दमक २२ असार / भुटानी शरणार्थीको कथा व्यथामा केन्द्रित विषयवस्तुलाई लिएर झापा भद्रपुरकी सर्जक खगिन्द्रा खुसीे निरौलाले लेख्नुभएको ‘खुसीको गाउँ’ नामक उपन्यासको विमर्श खुदुनावारीमा सम्पन्न भएको छ ।

 

 

उपन्यासकै परिवेशस्थल पहिले शरणार्थी रहेको अर्जुनधारा नगरको खुदुनाबारी शिविर नजिक कैदले पार्कमा भव्य कार्यक्रमका बीच अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, प्राज्ञ सुमित्रा वाङदेल चेली, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र कार्यक्रमका अध्यक्ष साहित्यकार विवश बलिभद्र कोइरालाले गृह विमोचन समेत गर्नुभयो । यसअघि सो कृति नेदरल्याण्डमा पुनर्वास भएका भुटानीहरुले सो उपन्यासको प्रकाशक समेत रहेको विश्व भूटानी साहित्यिक संगठन (जीबीएलओ) मार्फत करिव एक महिना अघि त्यहाँ विमोचन गरेका थिए । खुदुनावारी बस्ती भनें खुसीको माइती गाउँ समेत हो ।

 

शिविरमा रहँदा भूटानी शरणार्थीहरुले भोगेका पीडा, शिविरभित्रको प्रेम जीवन पुनर्वासले जीवनले ल्याएको परिवर्तनसँगै दुई दशकसम्मको अविराम दुःख र संघर्षका गाथालाई उपन्यासमा समेटिएको विमर्श कार्यक्रममा चर्चा गरिएको छ । कार्यक्रममा गणेश निरौलाको सहजीकरणमा समालोचक प्राज्ञ मुनाराज शेर्पा, प्राडा गंगाप्रसाद अधिकारी र नमुना निरौलाले उपन्यासका बारेमा विमर्श गर्नुभयो ।
उपन्यास २९७ पृष्ठमा सरल भाषाशैलीको प्रयोग गरी लेखिएको उत्कृष्ट उपन्यास रहेको कृति विमर्शका क्रममा वक्ताहरुले उल्लेख गर्नुभएको छ ।

 

सन् १९९० को दशकमा भूटानबाट नेपालीभाषी लखेटिएपछि झापा र मोरङका ७ वटा शिविरमा बसोबास गरेको कालखण्ड र पुनर्वासपछि तेस्रो मुलुक पुग्दासम्मका कारुणिक यथार्थ र वास्तविक संघर्षलाई समेटेर ‘खुशीको गाउँ’ उपन्यास तयार पारिएको हो । छन्द कविता लेखन र प्रभावकारी वाचनमा फरक छवि बनाउनु भएकी सर्जक खुसीको पहिलो कृतिका रुपमा यसअघि कथा संग्रह ‘आमाको डायरी’ प्रकाशित भएको थियो ।

 

कार्यक्रममा बोल्दै कृतिकार खुसीले आफ्नो सिर्जनाबारे मार्मिक अभिव्यक्ति दिँदै कुनै पनि कृति लेखुन्जेल मात्र लेखकको हुने, लेखिसकेपछि सर्जकको अधीनमा नहुने उल्लेख गर्नुभयो ।

 

विमर्श कार्यक्रममा साहित्यकारहरु पुण्यप्रसाद खरेल, कृष्ण बराल, केशव आचार्य भवानी क्षेत्री, आचार्य प्रभा, केशव आचार्य (दमक), विन्दु दाहाल मुकदर्शक, बिरही अधिकारी, अभागी थेगुवा, कुमार भट्टराई, हरिनारायण भट्टराई, टीका भट्टराई नेपाल भुटानी स्रष्टा तिलक राईलगायत झापा, इलाम, पाँचथर मोरङ, सुनसरीसमेतका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

 

दिलीप घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गर्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण

विपद् व्यवस्थापन प्रभावकारी नभएको कांग्रेसको आरोप

काठमाडौं ,१५ भदौ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप

धनगढी उपमहानगरपालिकाद्वारा बाढी प्रभावितलाई ४१ लाख रुपैयाँ आर्थिक सहयोग

धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा