कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल

 

दमक, २२ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनागरिक जोडिने गरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताँउनु भएको छ ।

 

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले सरकारले बीमा नीतिका लागि कानुन बनाउने र सुविधा पनि दिने तर, जनता भने नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नजाने बताउनु भयो । उहाँले भन्नु भयो,‘राज्यले मा कम्पनीहरूलाई सुविधाहरू दिने नीति बनाइदिने तर, सामान्य नागरिकले यसको सेवा नपाउने हो भने राम्रो हुँदैन। त्यसतर्फ ध्यान दिनुपर्छ ।’

 

 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पनि कोशी प्रदेशमा कस्तो खालको नीति बनाउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा कार्यदल बनाएरै काम गर्ने बताउनु भयो । ‘चाँडै नै कार्यदल बनाउँछौं र त्यसका आधारमा काम गर्दछौं,’ उहाँले भन्नु भयो ।

 

 

कार्कीले बिमाका विविध पक्षहरूका बारेमा आमनागरिकलाई जानकारी दिनुपर्ने अहिलेको आवश्यकता रहेको चर्चा गर्दै कृषि, पशुधन र स्वास्थ्य उपचारको बिमामा ध्यान दिनु पर्ने बताउनु भयो । अहिले गम्भीर प्रकृतिका रोगहरूको बिमा गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै मुख्यमन्त्री कार्कीले यसतर्फ अलि बढी जोड दिन आग्रह गर्नु भयो ।

 

 

उहाँले सहकार्यको माध्यमबाट पनि बीमालाई व्यापक बनाउन सकिनेमा जोड दिनु भयो । बिमा कम्पनीहरूले बिमाको प्रक्रिया लम्ब्याउने र झन्झट दिने काम पनि रोक्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले बीमाको प्रक्रिया लम्ब्याएर झन्झट दिँदै आमनागरिकलाई दुःख दिन नहुने धारणा राखनु भयो ।

 

 

नेपाल बिमा प्राधिकरणले आयोजना गरेको कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरू र नेपाल बिमा प्राधिकरणका अध्यक्षलगायत कोशी प्रदेशका बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कोशी प्रदेशमा करिब ३ अर्बको प्रिमियर संकलन हुने र डेढ अर्बजति भुक्तानी हुने गरेको जानकारी दिनु भयो । कोशी प्रदेशका विभिन्न क्षेत्रमा कसरी बिमा कार्यक्रम अगाडि बढाउन सकिन्छ भनेर अध्ययन भइरहेको र प्रदेश सरकारले यदि अध्ययन गर्न चाहेमा सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर