नारी सञ्चार पत्रकारिता पुरस्कार

भण्डारीलाई साधना पत्रकारिता पुरस्कार, प्रोत्साहन पुरस्कार घिमिरेलाई

नेपालकी प्रथम महिला पत्रकार साधना प्रधानको स्मृतिमा तीन वर्षअघि स्थापना गरिएको यो पुरस्कार प्रत्येक दुई वर्षमा एकजना पत्रकारलाई प्रदान गरिन्छ।

विर्तामोड, २२ असार । नारी सञ्चारगृह झापाले स्थापना गरेको साधना पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार अम्बिका भण्डारीलाई प्रदान गरिएको छ। विर्तामोडमा आज आयोजित एक विशेष कार्यक्रममा एक लाख एक हजार रुपैयाँ राशीको यो पुरस्कार भण्डारीलाई सम्मानपूर्वक हस्तान्तरण गरिएको हो।

नेपालकी प्रथम महिला पत्रकार साधना प्रधानको स्मृतिमा तीन वर्षअघि स्थापना गरिएको यो पुरस्कार प्रत्येक दुई वर्षमा एकजना पत्रकारलाई प्रदान गरिन्छ। यसअघि यो पुरस्कार सञ्चारगृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालले पाउनुभएको थियो।

पुरस्कृत पत्रकार अम्बिका भण्डारी राष्ट्रिय समाचार समितिमा समाचारदाताको रुपमा कार्यरत हुनुका साथै नारी सञ्चारगृहकी पूर्व अध्यक्ष समेत हुनुहुन्छ। पुरस्कार वितरण समारोहमा विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईं प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्याे ।

यस्तै, सञ्चारगृहले स्थापना गरेको २५ हजार रुपैयाँ राशीको प्रोत्साहन पत्रकारिता पुरस्कार युवा पत्रकार चिरञ्जिबी घिमिरेलाई प्रदान गरिएको छ। घिमिरे नयाँ पत्रिका दैनिकका लागि समाचार लेख्नुहुन्छ र पछिल्ला वर्षमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।

कार्यक्रमका क्रममा नारी सञ्चारगृहको नवगठित कार्यसमितिलाई पनि पद हस्तान्तरण गरिएको छ। गत असार ११ गते सम्पन्न अधिवेशनबाट स्वस्तिका आचार्यको अध्यक्षतामा नयाँ समिति चयन भएको हो। यसअघि संस्था अध्यक्ष रेजिना रोदन रहनुभएको थियो।

पुरस्कार र नेतृत्व हस्तान्तरणको अवसरमा वक्ताहरूले पत्रकारितामा महिलाको योगदान र चुनौतीका विषयमा प्रकाश पारेका थिए। नारी सञ्चारगृहले महिलामैत्री सञ्चार, पत्रकारिता पेशाको सम्मान र युवा पत्रकारलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर