प्रविधिमैत्री सेवा विस्तार

दमकको नापी कार्यालयमा टोकन प्रणाली लागू

तर अब भने लाइन बस्नुपर्ने समस्यबाट सेवाग्राहीहरु मुक्त भएका छन् ।

दमक, असार २२ / दमकस्थित नापी कार्यालयमा आइतबारदेखि टोकन प्रणाली औपचारिक रूपमा लागू गरिएको छ ।

 

कोशी प्रदेश सरकारको सहयोगमा सुरु गरिएको सो प्रणालीले सेवाग्राहीलाई छिटो, पारदर्शी र चुस्त सेवा प्रदान गर्ने उद्धेश्यसहित लागू गरिएको हो । दमक नापी कार्यालयले पहिलो पटक प्रविधिमैत्री सेवा प्रणालीको थालनी गर्दै सेवा प्रवाहमा सहजता ल्याएको छ ।

 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले टोकन प्रणालीको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले प्रदेश सरकारले सरकारी कार्यालय प्रणालीलाई प्रविधिमैत्री बनाउने नीति अनुसार दमक नापी कार्यालयमा यो अभ्यास सुरु गरिएको बताउनुभयो ।

 

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले नापी कार्यालयमा टोकन प्रणालीको शुरुवात प्रशंसनीय रहेको बताउँदै, यसले सेवाग्राहीलाई सजिलो र सुलभ सेवा दिने धारणा राख्नुभयो । उहाँले सिस्टम लागू भएपछि सेवा लिने प्रक्रिया स्पष्ट र व्यस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।

 

भूमिको लगत लिन तथा मालपोत असुल गर्ने निकाय नापी विभागमा दैनिक सयौंको संख्यामा मानिहसहरु सेवा लिन आइरहेका हुन्छन् । यहाँ आउने सेवाग्राहीहरु सेवा लिनका लागि लाइन बस्नुपर्ने झन्झटिलो व्यवस्थका कारण एउटै कामका लागि घण्टौंसम्म लाइन लागेर बस्नुपर्ने व्यवस्था थियो । तर अब भने लाइन बस्नुपर्ने समस्यबाट सेवाग्राहीहरु मुक्त भएका छन् ।

 

 

कार्यक्रममा दमक नापी कार्यालयका प्रमुख शत्रुघ्नप्रसाद यादवले हालसम्म मालपोत तथा नापी कार्यालयबाट उठेको राजस्व सरकारले लिएपनि त्यस्तो सहयोगको कमी रहेको गुनासो गर्दै प्रदेश सरकारबाट प्राप्त सहयोगले सेवामा गुणस्तर ल्याउने आशा गरिएको बताउनुभयो । उहाँले भविष्यमा सेवा प्रणालीलाई अझ सुदृढ र स्मार्ट बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाउनुभयो ।

 

 

नापी विभागका प्रमुख यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउपालिकाका प्रमुख तथा उप–प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने