रोकिएन तस्करी

झापामा मलद्वारबाट लागुऔषध भित्र्याउँदै गरेका युवक पक्राउ

प्लास्टिकसहितको तौल २ ग्राम ६३० मिलिग्राम तथा प्लास्टिक बाहेक २ ग्राम ८ मिलिग्राम लागुऔषध (खैरो हेरोइन) रहेको पुष्टि

मेचीनगर, २३ असार | भारतको पानीट्याङ्कीबाट नेपाल प्रवेश गर्ने क्रममा लागुऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्ति पाँचथर मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल झापा शिवसताक्षी नगरपालिका–८ मा बसोबास गर्दै आएका २५ वर्षीय जितेन्द्र आङ्देम्बे हुन्।

लागुऔषध नियन्त्रण ब्यूरो, काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर–६ स्थित पुरानो मेचीपुल नजिकैबाट आङ्देम्बेलाई सोमबार साँझ करीब ५ बजे नियन्त्रणमा लिएको हो।

उनी सिटिसफारी सवार भएर भारतको पानीट्याङ्कीबाट नेपाल प्रवेश गर्दै गर्दा शंका लागि शरीर तलासी गर्दा मलद्वारभित्र लुकाइएको अवस्थामा निलो रङको प्लास्टिक पोका फेला परेको प्रहरीको भनाइ छ।

उक्त पोका खोली हेर्दा त्यसमा लिसिलो पदार्थ जस्तो देखिने खैरो हेरोइन रहेको पाइएपछि पोका सहित नापतौल गरिएको थियो। प्रहरीका अनुसार प्लास्टिकसहितको तौल २ ग्राम ६३० मिलिग्राम तथा प्लास्टिक बाहेक २ ग्राम ८ मिलिग्राम लागुऔषध (खैरो हेरोइन) रहेको पुष्टि भएको छ।

पक्राउ परेका आङ्देम्बेलाई लागुऔषध कसुर अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको तथा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर