सीमामा हतियारधारी

झापाबाट फेरि हतियारसहित भारतीय नागरिक पक्राउ

पछिल्लो समय भारततर्फबाट सीमावर्ती क्षेत्र हुँदै नेपालमा हतियार प्रवेश गराउने प्रयास बढ्न थालेको देखिएको सुरक्षा स्रोतहरूको भनाइ छ।

विर्तामोड, २४ असार  । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा सीमा क्षेत्रमा एक भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन् ।

भारत पश्चिम बंगाल निवासी ५१ वर्षीय अशोक कुमार सावलाई भारतीय नम्बर प्लेटको स्कुटरमा नेपाल प्रवेश गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा सावलाई WB 74 AJ 0400 नम्बरको स्कुटरसहित रोकेर जाँच गर्दा एक थान एयर पेस्ताेल र ११ थान सिसाको गोली फेला पारेको थियो। प्रहरीका अनुसार सावसँग केही प्रशिक्षणका सामग्रीहरू समेत फेला परेका छन्, जसमा ‘प्रैक्टिस बोर्ड’ लगायतका उपकरणहरू छन्।

पक्राउ परेका सावमाथि हतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले  जनाएको  छ।

सीमावर्ती क्षेत्रमा यसअघि पनि यस्ता घटना दोहोरिएका छन्। केही साता अघि मात्रै झापा क्षेत्रमै अर्का भारतीय नागरिक हतियारसहित पक्राउ परेका थिए। पछिल्लो समय भारततर्फबाट सीमावर्ती क्षेत्र हुँदै नेपालमा हतियार प्रवेश गराउने प्रयास बढ्न थालेको देखिएको सुरक्षा स्रोतहरूको भनाइ छ। तीन वर्षअघि पनि झापामा हतियारसहित चार जना भारतीय नागरिकलाई प्रहरीले झापाबाटै पक्राउ गरेकाे थियाे ।

प्रहरी अधिकारीहरूका अनुसार खुला सीमा, सवारीसाधनको कम चेकजाँच र सूचना संकलनमा हुने ढिलाइका कारण आपराधिक गतिविधि गर्नेहरूका लागि झापा नाका सहज गन्तव्य बन्दै गएको हो। विशेष गरी काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज लगायत क्षेत्र संवेदनशील मानिन्छन्।

यसरी हतियारसहित भारतीय नागरिक पक्राउ पर्ने घटना पुनः दोहोरिएपछि सुरक्षा निकायहरू थप सतर्क बनेका छन्। स्थानीय सुरक्षाकर्मीहरूका अनुसार सीमावर्ती क्षेत्रमा निगरानी कडाइ गरिँदै छ भने गस्ती, चेकजाँच र खुफिया सूचना संकलनलाई प्राथमिकता दिइएको छ।

प्रहरीले आम नागरिकलाई समेत सतर्क रहन र शंकास्पद गतिविधि देखेमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर