शैक्षिक प्रमाणपत्र नक्कली

बीमा कम्पनीका कर्मचारीको शैक्षिक प्रमाणपत्रको छानबिन हुँदै

 

 

 

काठमाडौं । बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि बीमा समितिले छानबिन सुरु गर्ने भएको छ । नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको भन्दै बेला बेलामा उजुरी समेत पर्ने गरेको थियो ।

गत २० माघमा सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै शैक्षिक प्रमाणपत्रको विवरण माग गरिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हस्ताक्षर गरेको पत्रमा ७ दिनको समयसीमा नै तोकेर शैक्षिक प्रमाणपत्रको विवरण माग गरिएको हो ।

काठमाडौं । बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि बीमा समितिले छानबिन सुरु गर्ने भएको छ । नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको भन्दै बेला बेलामा उजुरी समेत पर्ने गरेको थियो ।

उनका अनुसार धेरै जसो भारतका विश्वविद्यालयहरुमा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नेहरुमाथि बीमा समितिले निगरानी बढाउने छ । विदेशी विश्व विद्यालयमा अध्ययन पुरा गरे पनि त्यसलाई त्रिभुवन विश्व विद्यालयमा पेश गरेर समकक्षताको प्रमाण पत्र लिनु पर्ने हुन्छ । समकक्षकताको प्रमाण पत्र पेश नगरे विदेशमा अध्ययन पुरा गरेको सर्टिफिकेटले वैधानिकता पाउँदैछ । उनी भन्छन्, ‘धेरै विदेशका विभिन्न विश्व विद्यालयमा अध्ययन गरेको प्रमाण पत्र पेश गरिएको सूचना छ, तर अहिले नै पुष्टि भने भइसकेको छैन ।’

यो आशंकापछि बीमा समितिले बीमा कम्पनीहरुलाई पत्राचार गरेर शैक्षिक प्रमाण पत्रबारे जानकारी गराउन भनेको छ । शंका लागेका कर्मचारीहरुको सक्कलै प्रमाण पत्र समेत हेर्ने समितिको तयारी छ । समितिको नजरमा अहिले सानाभन्दा पनि उच्च तहका कर्मचारीहरु शंकाको घेरामा छन् ।

‘जागिर खाने बेलामा भन्दा पनि बढुवाको समयमा यस्तो प्रमाण पत्र पेश गरेको हुनसक्छ भन्ने हाम्रो अनुमान हो, यस्तो बदमासी साना कर्मचारीहरु भन्दा पनि ठूला कर्मचारीहरुबाट धेरै हुनसक्ने सम्भावना छ’ उनले ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच