नेकपा एमाले

ओलीको दाबी : गठबन्धन कायमै भए पनि एमालेले बहुमत ल्याउँछ

 

 

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन कायम रहेपनि तीनवटै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन्। चुनाव केन्द्रित अभियानको उद्घाटनका क्रममा ओलीले यस्तो बताएका हुन्।

‘२०७४ कै निर्वाचनमा एमालेको वर्चश्व पचिरहेको छैन। त्यतिबेला नै जितेको पचेको छैन। आउँदो निर्वाचनमा हामी बहुमत जित्छौं। अनि कसरी पचाउलान्,’ ओलीले भने, ‘भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ। संघीय र प्रदेशमा पनि हामीले आगामी निर्वाचनमा बहुमत ल्याउँछौं। गठबन्धन तोडेर होइन गठबन्धन कायम रहे पनि हामी बहुमत ल्याउँछौं।’

उनले अबका निर्वाचन बत्ती निभाएर मतपत्र च्यातेर जित्ने सपना र कल्पना नगर्न चेतावनी पनि दिए। ‘वर्तमान गठबन्धन आफ्नो स्वार्थमा केन्द्रित भएको छ। स्थानीय तहमा एमालेको वर्चश्व कायम रहेका कारणले गर्दा पनि सरकारलाई स्थानीय तहप्रति मैत्रीपूर्ण भाव छैन। उनीहरु तयार भइरहेका छैनन्। बुझ्न सकेका छैनन्,’ उनले भने।

उनले पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिले महत्त्वपूर्ण काम गरेको भन्दै त्यसको प्रशंसासमेत गरे।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो