मालपोत कर घटेको घट्यै

दमकमा घरजग्गा कारोबार सुस्त

दमक मालपोत कार्यालयको राजस्व संकलन पछिल्ला आर्थिक वर्षहरूमा क्रमशः घट्दै गएको देखिएको छ।

दमक,२७ असार । दमक मालपोत कार्यालयको राजस्व संकलन पछिल्ला आर्थिक वर्षहरूमा लगातार घट्दो क्रममा देखिएको छ भने, नापी कार्यालयले भने हालसम्मको अवधिमा अघिल्लो वर्षको तुलनामा बढी राजस्व संकलन गर्न सफल भएको छ।

 

 

भूमि तथा घरजग्गा कारोबार सुस्त बन्दै जाँदा मालपोत कार्यालयको राजस्व घटेको विश्लेषण गरिएको छ।

 

 

 

दमक मालपोत कार्यालयको राजस्व संकलन पछिल्ला आर्थिक वर्षहरूमा क्रमशः घट्दै गएको देखिएको छ। आर्थिक वर्ष २०७८÷७९ मा ४६ करोड रुपैयाँ राजस्व संकलन भएकोमा त्यसपछिका वर्षहरूमा यो संख्यामा उल्लेखनीय गिरावट आएको छ। आर्थिक वर्ष २०७९÷८० मा ४४ करोड र २०८०÷८१ मा ३८ करोड मात्र राजस्व संकलन भएको छ।

 

 

चालू आर्थिक वर्ष २०८१÷८२ को जेठ मसान्तसम्ममा भने मालपोत कार्यालयले जम्मा ३५ करोड रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ।

 

 

 

राजस्व संकलन घट्नुको कारणहरूमा जग्गा तथा घरजग्गा कारोबारको सुस्त गति प्रमुख रहेको देखिन्छ। चालू आर्थिक वर्षको हालसम्मको अवधिमा १०,९६२ वटा लिखत पारित भएका छन् भने ६,४४२ वटा जग्गा रोक्का भएका छन्। मालपोत कार्यालयका सूचना अधिकारी कमल पनेरुले जानकारी दिनुभयो ।

 

 

 

सूचना अधिकारी पनेरुका अनुसार असार महिनाको अन्तिमसम्म राजस्व संकलनमा केही वृद्धि हुने अपेक्षा गरिएको भए तापनि हालको संकलन दरले अघिल्लो वर्षको तुलनामा २ करोड रुपैयाँले कम राजस्व उठ्ने देखिएको छ ।

 

 

 

यस्तोमा नापी कार्यालय दमकको राजस्व संकलन भने सुधारोन्मुख देखिएको छ। कार्यालयकी लेखापाल दिनुता रिजालका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ४९ लाख रुपैयाँ संकलन भएकोमा चालू आर्थिक वर्षमा ५१ लाख ५२ हजार ८३ रुपैयाँ राजस्व संकलन भइसकेको छ। रिजालका अनुसार उक्त रकम रेखाङ्कन, नक्सा प्रिन्ट, फिल्ड बुक उतार तथा बेरुजु समायोजनमार्फत संकलन गरिएको हो।

 

 

 

 

एकातिर मालपोत कार्यालयको राजस्वमा घट्दो प्रवृत्ति देखिँदा अर्कातर्फ नापी कार्यालयले आफ्नो राजस्व संकलनमा सुधार ल्याएको देखिन्छ। यसले दमक क्षेत्रमा भूमि तथा सम्पत्ति कारोबारको समग्र अवस्थामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै, नीति निर्माण तहमा पनि दीर्घकालीन सुधारका उपायहरूमाथि छलफल हुन जरुरी देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति