मालपोत कर घटेको घट्यै

दमकमा घरजग्गा कारोबार सुस्त

दमक मालपोत कार्यालयको राजस्व संकलन पछिल्ला आर्थिक वर्षहरूमा क्रमशः घट्दै गएको देखिएको छ।

दमक,२७ असार । दमक मालपोत कार्यालयको राजस्व संकलन पछिल्ला आर्थिक वर्षहरूमा लगातार घट्दो क्रममा देखिएको छ भने, नापी कार्यालयले भने हालसम्मको अवधिमा अघिल्लो वर्षको तुलनामा बढी राजस्व संकलन गर्न सफल भएको छ।

 

 

भूमि तथा घरजग्गा कारोबार सुस्त बन्दै जाँदा मालपोत कार्यालयको राजस्व घटेको विश्लेषण गरिएको छ।

 

 

 

दमक मालपोत कार्यालयको राजस्व संकलन पछिल्ला आर्थिक वर्षहरूमा क्रमशः घट्दै गएको देखिएको छ। आर्थिक वर्ष २०७८÷७९ मा ४६ करोड रुपैयाँ राजस्व संकलन भएकोमा त्यसपछिका वर्षहरूमा यो संख्यामा उल्लेखनीय गिरावट आएको छ। आर्थिक वर्ष २०७९÷८० मा ४४ करोड र २०८०÷८१ मा ३८ करोड मात्र राजस्व संकलन भएको छ।

 

 

चालू आर्थिक वर्ष २०८१÷८२ को जेठ मसान्तसम्ममा भने मालपोत कार्यालयले जम्मा ३५ करोड रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ।

 

 

 

राजस्व संकलन घट्नुको कारणहरूमा जग्गा तथा घरजग्गा कारोबारको सुस्त गति प्रमुख रहेको देखिन्छ। चालू आर्थिक वर्षको हालसम्मको अवधिमा १०,९६२ वटा लिखत पारित भएका छन् भने ६,४४२ वटा जग्गा रोक्का भएका छन्। मालपोत कार्यालयका सूचना अधिकारी कमल पनेरुले जानकारी दिनुभयो ।

 

 

 

सूचना अधिकारी पनेरुका अनुसार असार महिनाको अन्तिमसम्म राजस्व संकलनमा केही वृद्धि हुने अपेक्षा गरिएको भए तापनि हालको संकलन दरले अघिल्लो वर्षको तुलनामा २ करोड रुपैयाँले कम राजस्व उठ्ने देखिएको छ ।

 

 

 

यस्तोमा नापी कार्यालय दमकको राजस्व संकलन भने सुधारोन्मुख देखिएको छ। कार्यालयकी लेखापाल दिनुता रिजालका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ४९ लाख रुपैयाँ संकलन भएकोमा चालू आर्थिक वर्षमा ५१ लाख ५२ हजार ८३ रुपैयाँ राजस्व संकलन भइसकेको छ। रिजालका अनुसार उक्त रकम रेखाङ्कन, नक्सा प्रिन्ट, फिल्ड बुक उतार तथा बेरुजु समायोजनमार्फत संकलन गरिएको हो।

 

 

 

 

एकातिर मालपोत कार्यालयको राजस्वमा घट्दो प्रवृत्ति देखिँदा अर्कातर्फ नापी कार्यालयले आफ्नो राजस्व संकलनमा सुधार ल्याएको देखिन्छ। यसले दमक क्षेत्रमा भूमि तथा सम्पत्ति कारोबारको समग्र अवस्थामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै, नीति निर्माण तहमा पनि दीर्घकालीन सुधारका उपायहरूमाथि छलफल हुन जरुरी देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका