दमक,२७ असार । आन्तरिक कार्यलय दमकमा राजस्व संकलनमा सुधार देखिएको छ । गत आर्थिक बर्ष २०८०÷८१ को तुलनामा चालू आर्थिक बर्षको सोहि अबधिमा कार्यलयको राजस्व संकलनमा १६ प्रतिषतले बृद्धि भएको छ । तर राजस्व संकलनमा सुधार देखिएपनि लक्ष्य भेट्न भने अझै सकि रहेको छैन ।
आन्तरिक राजस्व कार्यलयल दमकले चालू आर्थिक बर्ष २०८१÷८२ को असार २५ गतेसम्म लक्ष्यको ७७ दशमलब ३७ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्षका लागि १ सय ५२ करोडको लक्ष्य राखेकोमा असारको २५ गते सम्ममा १ सय १७ करोड राजस्व संकलन गरेको हो ।
कार्यलयका सूचना अधिकारी ज्ञानेन्द्र कुमार यादबका अनुसार कार्यलयले बिभिन्न शीर्षकमा राखेको लक्ष्य अनुसार उक्त रकम बराबरको राजस्व संकलन गरेको हो ।
राजस्व कार्यालय दमकको तथ्याङक अनुसार राजस्व संकलनमा गत बर्षको तुलनामा सुधार देखिएको छ । गत आर्थिक बर्षको सोहि अबधिमा कार्यलयले १ सय ८७ करोडको लक्ष्य राखेकोमा १ सय १६ करोड मात्र राजस्व संकलन गरेको थियो । ,जुन लक्षको ६१ प्रतिशत हो ।
सूचना अधिकारी यादबले गत बर्षको तुलनामा यस आर्थिक बर्षको असार २५ गते सम्मको तथ्याङकमा १६ प्रतिशतले बृद्धि भएको छ भने राजश्व संकलनको समय केहि दिन बाकी रहेकोले यस बर्षको लक्ष्य भेट्ने अपेक्षा रहेको धारणा राख्नुहुन्छ ।
आन्तरिक राजस्व कार्यालय दमकको राजस्व संकलनमा चालू आर्थिक वर्ष २०८१र८२ मा उल्लेखनीय सुधार देखिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष १६ प्रतिशतले राजस्व संकलन बढेको छ । यो सकरात्मक भएपनि लक्ष्य भेट्न भने अझै सकिरहेको छैन । यसका लागि कर सम्बन्धी जनचेतनाका कार्यक्रम गर्न आबश्यक देखिन्छ ।









