कोभिड बुटि १०

दमकमा कोरोना नियन्त्रण गर्न ३ करोड बढि खर्च, संरचना निर्माण, उपकरण खरिद र राहत वितरणमा खर्च अधिक (भिडियो)

IMG_20211007_130905

दमक/
पछिल्लो समय कोरोनोको तेस्रो भेरियेण्ट भनिएको ओमिक्रोनको जोखिम पनि कम हँुदै गएको छ । लक्ष्यण देखिएर पनि कतिपयले परिक्षण नगराएका कारण संक्रमित हुनेको संख्यामा कमी आएको जस्तो देखिन थालेको छ । तर मृत्यू हुने दरमा भने कमी आएको छैन । कोभिड नियन्त्रण गर्नकालागि सरकारले आईतबारबाट १८ वर्ष उमेर पुगेका सबैलाई बुष्टर डोजको खोप नै दिने भनेर घोषणा पनि गरिसक्यो । दमकका अहिले सम्म कोरोना रोकथाम तथा नियन्त्रण गर्न केके भए, कती खर्च भयो र यहाँका जनप्रतिनिधीको अनुभव चाहि कस्तो रह्यो भन्नेबारेमा कोभिड बुटिको तेस्रो श्रींखला अन्तर्गत १० औ भागमा तयार पारिएको छ ।

दमक छिमेकी पालिकाहरुको तुलनमा स्वास्थ्य संरचना भएको पालिका हो । यहाँ सरकारी र निजी सहित गरेर झण्डै एक दर्जन सस्थास्थ्य सस्था छन् । छिमेकी पालिकाहरुका नागरिक बिरामी हुँदा पनि उपचार गराउन आउने पहिलो गनतव्य दमकनै हो । त्यसैले दमकले अन्य पालिका भन्दा स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्नुपर्छ भन्ने सोच राखेकै हुन्छ । यो कुरा कोरोनाको जोखिम सुरु भएका बेलापनि पुष्टि भयो । २०७६ साल चैत ११ गते सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नकालागि भनेर देशब्यापी लक डाउन गरेको थियो । यो अवधिमा कोरोना रोकथामका लागि अपनाउनु पर्ने ऐन तथा त्यसलाई कार्यान्वायन गर्न आवश्यक पर्ने बजेट पनि व्यवस्थापन गर्नु पर्यो । साथै त्यसबेला अति आवश्यकीय रुपमा रहेको क्वारेण्टाईन र आइसुलेनस बनाउन पालिकाहरुले लगानी बढाए । तर दमकका ३ ठाउँमा क्वारेण्टिाईन र २ वटा होटल सहित र एउटा सार्वजनिक समेत गरेर ३ वटा आइसुलेसन निर्माण गर्दा पनि अवस्थामा सुधार आएन ।

उपचार गर्न निकै संक्रमितहरु छटपटिएको थाह पाएपछि तत्कालै ३० शैयाको कोभिड उपचार केन्द्र अर्थात अस्पताल नै पनि बनाउनु पर्यो । संरचना मात्र बनाएर भएन त्यसलाई सञ्चालन गर्न आवश्यक उपकरणको जोहो र जनशक्ति व्यवस्थापन पनि निकै चुनौतीपूणर् थियो । तर हरेक चुनौती सामना गरेरनै भएपनि नगरपालिकाले हर सम्भव नागरिकको जीवन रक्षामा लागीनै रहेको नगरका प्रमुख प्रशाषकिय अधिकृत गणेश प्रसाद तिम्सिना बताउनु हुन्छ ।

संकट एक्लैले टार्न सकिन्न । यसमा सामुहिक साथ र एकता आवश्यक पर्छ नै । कोरोना रोकथाम तथा नियन्त्रण गर्नकालागि सबैभन्दा पहिला दमक नगरपालिकाले १ करोड रुपैँयो विप्पत व्यवस्थापन कोषमा रकम जम्मा गयो । त्यसपछि ५५ जनानै जनप्रतिनिधीले पाउने एक महिनाको पारिश्रमिक र कर्मचारीको पनि योगदानले कोषमा रकम बढ्न थाल्यो । पछि विस्तारै नागरिक स्तरबाट समेत आर्थीकका साथै जिन्सी सामाग्रीहरुपनि आउन थाले । स्वास्थ्य सामाग्रीको चरम अभाव भोगिरहेका बेला , विप्पन्नको घरमा चुल्हो निभिरहेको बेलामा सबैको साथ र सहयोगले यी चुनौती पार गरिरहिएको तिम्सिना बताउनु हुन्छ । यसकालागि नगरको सो कोषमा ३ करोड २१ लाख जम्मा भएको र विभिन्न काम गर्दा ३ करोड ६ लाख खर्च भएको तिम्सिनाले जानकारी दिनुभयो ।

त्यसबेला कोरोनाको त्रास भयावह थियो । कोरोना संक्रमित भन्ने थाह पाउँदा दुव्र्यहार सम्म पनि भए । जोखिम पनि अत्यन्तै थियो । तर ती सबैका बाबजुत पनि दमकका जनप्रतिनिधी, कर्मचारी कोरोना रोकथाम तथा नियन्त्रण गर्न रातदिन खटीरहे । संक्रमितलाई जनप्रतिनिधीले टेलिफोन मात्र गर्दापनि आत्मबल बढ्थ्यो । भेट्न जाँदा मेरा पनि कोहि आफ्ना रहेछन् भन्ने सम्मको अभिव्यक्ति बिरामीबाट आउने गरेको उप -प्रमुख गीता अधिकारी बताउनु हुन्छ ।

तर अहिले अवस्था सामान्य बन्दै गएको छ । सरकारले पछिल्लो पटक लगाएका प्रतिवन्धहरु पनि खुकुलो बनाउँदै लगेको छ । तर पनि जोखिम चाहि कम नभएको स्वास्थ्य सम्बन्धीका विज्ञहरुले बताइरहनु भएको छ । यसबाट बच्न सरकारले सबै नागरिकका लागि खोप अभियान चलाइरहेको छ। दमक नगरपालिकाले पनि खोप अभियानलाई निरन्तर्ता दिइरहेको छ । छुटेकाहरुले नगरको स्वास्थ्य शाखामा सम्पर्क गरेर खोप लगाउन निरन्तर अपील गरिरहेको छ ।

भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।