कोभिड बुटि १०

दमकमा कोरोना नियन्त्रण गर्न ३ करोड बढि खर्च, संरचना निर्माण, उपकरण खरिद र राहत वितरणमा खर्च अधिक (भिडियो)

दमक/
पछिल्लो समय कोरोनोको तेस्रो भेरियेण्ट भनिएको ओमिक्रोनको जोखिम पनि कम हँुदै गएको छ । लक्ष्यण देखिएर पनि कतिपयले परिक्षण नगराएका कारण संक्रमित हुनेको संख्यामा कमी आएको जस्तो देखिन थालेको छ । तर मृत्यू हुने दरमा भने कमी आएको छैन । कोभिड नियन्त्रण गर्नकालागि सरकारले आईतबारबाट १८ वर्ष उमेर पुगेका सबैलाई बुष्टर डोजको खोप नै दिने भनेर घोषणा पनि गरिसक्यो । दमकका अहिले सम्म कोरोना रोकथाम तथा नियन्त्रण गर्न केके भए, कती खर्च भयो र यहाँका जनप्रतिनिधीको अनुभव चाहि कस्तो रह्यो भन्नेबारेमा कोभिड बुटिको तेस्रो श्रींखला अन्तर्गत १० औ भागमा तयार पारिएको छ ।

दमक छिमेकी पालिकाहरुको तुलनमा स्वास्थ्य संरचना भएको पालिका हो । यहाँ सरकारी र निजी सहित गरेर झण्डै एक दर्जन सस्थास्थ्य सस्था छन् । छिमेकी पालिकाहरुका नागरिक बिरामी हुँदा पनि उपचार गराउन आउने पहिलो गनतव्य दमकनै हो । त्यसैले दमकले अन्य पालिका भन्दा स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्नुपर्छ भन्ने सोच राखेकै हुन्छ । यो कुरा कोरोनाको जोखिम सुरु भएका बेलापनि पुष्टि भयो । २०७६ साल चैत ११ गते सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नकालागि भनेर देशब्यापी लक डाउन गरेको थियो । यो अवधिमा कोरोना रोकथामका लागि अपनाउनु पर्ने ऐन तथा त्यसलाई कार्यान्वायन गर्न आवश्यक पर्ने बजेट पनि व्यवस्थापन गर्नु पर्यो । साथै त्यसबेला अति आवश्यकीय रुपमा रहेको क्वारेण्टाईन र आइसुलेनस बनाउन पालिकाहरुले लगानी बढाए । तर दमकका ३ ठाउँमा क्वारेण्टिाईन र २ वटा होटल सहित र एउटा सार्वजनिक समेत गरेर ३ वटा आइसुलेसन निर्माण गर्दा पनि अवस्थामा सुधार आएन ।

उपचार गर्न निकै संक्रमितहरु छटपटिएको थाह पाएपछि तत्कालै ३० शैयाको कोभिड उपचार केन्द्र अर्थात अस्पताल नै पनि बनाउनु पर्यो । संरचना मात्र बनाएर भएन त्यसलाई सञ्चालन गर्न आवश्यक उपकरणको जोहो र जनशक्ति व्यवस्थापन पनि निकै चुनौतीपूणर् थियो । तर हरेक चुनौती सामना गरेरनै भएपनि नगरपालिकाले हर सम्भव नागरिकको जीवन रक्षामा लागीनै रहेको नगरका प्रमुख प्रशाषकिय अधिकृत गणेश प्रसाद तिम्सिना बताउनु हुन्छ ।

संकट एक्लैले टार्न सकिन्न । यसमा सामुहिक साथ र एकता आवश्यक पर्छ नै । कोरोना रोकथाम तथा नियन्त्रण गर्नकालागि सबैभन्दा पहिला दमक नगरपालिकाले १ करोड रुपैँयो विप्पत व्यवस्थापन कोषमा रकम जम्मा गयो । त्यसपछि ५५ जनानै जनप्रतिनिधीले पाउने एक महिनाको पारिश्रमिक र कर्मचारीको पनि योगदानले कोषमा रकम बढ्न थाल्यो । पछि विस्तारै नागरिक स्तरबाट समेत आर्थीकका साथै जिन्सी सामाग्रीहरुपनि आउन थाले । स्वास्थ्य सामाग्रीको चरम अभाव भोगिरहेका बेला , विप्पन्नको घरमा चुल्हो निभिरहेको बेलामा सबैको साथ र सहयोगले यी चुनौती पार गरिरहिएको तिम्सिना बताउनु हुन्छ । यसकालागि नगरको सो कोषमा ३ करोड २१ लाख जम्मा भएको र विभिन्न काम गर्दा ३ करोड ६ लाख खर्च भएको तिम्सिनाले जानकारी दिनुभयो ।

त्यसबेला कोरोनाको त्रास भयावह थियो । कोरोना संक्रमित भन्ने थाह पाउँदा दुव्र्यहार सम्म पनि भए । जोखिम पनि अत्यन्तै थियो । तर ती सबैका बाबजुत पनि दमकका जनप्रतिनिधी, कर्मचारी कोरोना रोकथाम तथा नियन्त्रण गर्न रातदिन खटीरहे । संक्रमितलाई जनप्रतिनिधीले टेलिफोन मात्र गर्दापनि आत्मबल बढ्थ्यो । भेट्न जाँदा मेरा पनि कोहि आफ्ना रहेछन् भन्ने सम्मको अभिव्यक्ति बिरामीबाट आउने गरेको उप -प्रमुख गीता अधिकारी बताउनु हुन्छ ।

तर अहिले अवस्था सामान्य बन्दै गएको छ । सरकारले पछिल्लो पटक लगाएका प्रतिवन्धहरु पनि खुकुलो बनाउँदै लगेको छ । तर पनि जोखिम चाहि कम नभएको स्वास्थ्य सम्बन्धीका विज्ञहरुले बताइरहनु भएको छ । यसबाट बच्न सरकारले सबै नागरिकका लागि खोप अभियान चलाइरहेको छ। दमक नगरपालिकाले पनि खोप अभियानलाई निरन्तर्ता दिइरहेको छ । छुटेकाहरुले नगरको स्वास्थ्य शाखामा सम्पर्क गरेर खोप लगाउन निरन्तर अपील गरिरहेको छ ।

भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री र प्रहरीको भूमिका माथि राष्ट्रियसभामा प्रश्न

काठमाडौं,९ भदौ । नेकपा (एमाले) का राष्ट्रियसभा सांसद सोमनाथ पोर्तेलले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या प्रकरणमा गृहमन्त्री र प्रहरी प्रशासनबाटै अमानवीय र

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको पुरक निवेदन, ११ भदौमा पेसी

काठमान्डौ,९ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पुरक निवेदन

मुद्दा हारेपछि सर्वोच्चबाट हामफाल्ने प्रयास, सकुशल उद्धार

काठमाडौँ,९ भदौ । स्थित सर्वोच्च अदालतको पाँचौं तलाबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका एक व्यक्तिको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। कारणः लालबहादुर राई नाम गरेका

जसपा नेपालद्वारा लुम्बिनीका तीन सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौँ,९ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्ने आफ्ना तीन प्रदेश सभा सदस्यहरूसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण

महिला ट्राफिक प्रहरी माथि हातपात गर्ने युवक बानेश्वरबाट पक्राउ

काठमाडौं , ९ भदौ। बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा बुझाए आँखाको स्वास्थ्य रिपोर्ट

काठमाडौँ,९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाउनु भएको छ ।स्वास्थ्यमा देखिएको समस्याका