सरकार गठनको एक वर्ष

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका यी नेताको विश्लेषण

ओलीकै निर्वाचन क्षेत्रभित्रै सरकारप्रति यस्तो मिश्रित मूल्याङ्कन

दमक ३२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । राजनीतिक स्थिरता, संविधान संशोधन र सुशासनसहित नागरिकलाई सेवा प्रवाहको प्रत्याभूति दिने बाचासहित नेपाली कांग्रेसलाई साथमा लिएर ओली प्रधानमन्त्री बन्नुभएको थियो ।

 

 

संसद्का दुई ठूला दलले ७ बुँदे सहमति गरेरै सरकार गठन गरेको एक वर्ष पूरा हुँदा स्वयं प्रधानमन्त्तीको निर्बाचन क्षेत्रका राजनैतिक दलले चाहि सरकारको समिक्षा कसरी गरिरहेका छन् त ? भन्नेबारेमा हामीले सोधीखोजी गरेका छौ ।

 

 

गत वर्ष असार २९ गते कांग्रेसको सहयोगमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो । कांग्रेस र एमालेले सरकार गठनको सहमति गर्दा राजनीतिक स्थिरता कायम गर्ने, संविधान संशोधन गर्ने, आमनागरिकलाई सुशासनसहितको सेवा प्रवाह गर्ने प्रतिबद्धतासहित ७ बुँदे सहमति गरेर सरकार निर्माण भएको थियो ।

 

तर जनताले अपेक्षा गरेअनुसारका काम नभएको भन्दै चौतर्फी आलोचना भएको बेला प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रका राजनीतिक दलहरूले सरकारप्रति मिश्रित प्रतिक्रिया दिएका छन् ।

 

 

सरकार गठनको बेला भएका सहमतिमा उल्लेखित संविधान संशोधनजस्ता मूल विषयमा एक वर्षभित्र कुनै ठोस पहल नभएको र शुसानमा पनि चुकेको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् ।

 

नेकपा माओबादी केन्द्रका दमक नगर कमिटी अध्यक्ष रबि बस्नेतले जति अपेक्ष्ाँा गरेको हो त्यति नपाएको र यहाँका दलाल र माफिय तस्करहरु जसले कमिसन पाउछन् उनीहरु भने अपेक्षाभन्दा बढी नै पाएको बताउनुभयो । बजेटको बिनियोजन पनि कमिसन पाउने ठाउमा मात्र गर्ने गरेको उहाँको आरोप छ ।

त्यस्तै, रास्वपाका झापा क्षेत्र नं. ५ का क्षेत्रीय अध्यक्ष भेषराज भट्टराईले प्रधानमन्त्री ओलीलाई सफल भन्न नसकिने बताउँदै सरकारको काम कारबाही जनताले अनुभूत गर्न नसकेको टिप्पणी गर्नुहुन्छ

 

सरकारको सहयात्री दल नेपाली कांग्रेसका झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराईले भने सरकार सहमति अनुसार नै अघि बढिरहेको बताउनुहुन्छ । विकास निर्माणले पाएको गति र राजस्व संकलनमा देखिएको सुधारलाई सकरात्मक रुपमा लिएको उहाँको धारणा छ

 

सत्ता नेतृत्व गरिरहेको नेकपा एमालेका दमक नगर अध्यक्ष राम पौडेलले सरकारको पहिलो वर्ष सकारात्मक रहेको दाबी गर्नुहुन्छ । लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य भएर स्थिरतातर्फ गएकोले धेरै विकास योजनाहरू सम्पन्न भएको र केहि निर्माण सम्पन्नका क्रममा रहेकोले मुलुक समृद्धितर्फ गएको उहाँको धारणा छ

 

प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठनको एक वर्षमा संविधान संशोधन र शुसासनजस्ता मूल एजेन्डामा अपेक्षाअनुसार प्रगति नभएको आलोचना भइरहेका बेला सत्ता पक्षले भने स्थिरता र विकासलाई उपलब्धि मान्दै आएको छ । ओलीकै निर्वाचन क्षेत्रभित्रै सरकारप्रति यस्तो मिश्रित मूल्याङ्कन हुनु आफैँमा चासोको विषय बनेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका