आस्थाको उत्पादन

त्यो सफलताले दिएको यो सम्मान

अभ्यास गर्नका लागि खेल मैदानको आबश्यक

 

दमक, ३२ असार । कुनै राष्ट्रिय प्रतियोगिता होइन, न त प्रदेश स्तरीयनै । मलेसियामा सम्पन्न १६ वर्षमुनिको ईस्ट जोन कप को, जहाँ नेपालले ऐतिहासिक सफलता हासिल गर्‍योे। प्रतियोगिताको फाइनलमा सिंगापुरलाई पराजित गर्दै नेपालले उपाधि जित्दा, त्यस जितमा महत्वपूर्ण भुमिका थियो, दमकको आस्था कलेजका विद्यार्थी सुगम बुढाथोकी र सुयोग भट्टराईको । उनीहरु यसै कलेजमा अध्ययन गर्छन् र प्रशिक्षण पनि यसै कलेजले निर्माण गरेको क्रिकेट मैदानमा ।

 

 

झापाको जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रिय टोलीमा छानिएका यी दुई खेलाडी मलेसियामा भएको प्रतियोगितामा नेपालका तर्फबाट खेल्न पुगेका थिए । उनीहरूको प्रदर्शनले नेपाललाई जित दिलाउनमा उल्लेखनीय भूमिका खेलेको थियो । नेपाल फर्किएपछि आस्था कलेजले गत आईतबार एक विशेष कार्यक्रम गरी दुवै खेलाडीलाई सम्मान गरेको छ । नगर परिक्रमा समेत गराएर कलेजले आफ्‌नो विद्यार्थीको अन्तर्राष्ट्रिय सफलता प्रति गौरव व्यक्त गरेको हो ।

 

 

 

 

कलेजले खेल्न आवश्यक संरचना, प्रशिक्षण र वातावरण उपलब्ध गरायो,त्यसकै कारण आफूहरुले सफलता पाएको बताउनुहुन्छ सुगम बुढाथोकी । तर आगामी दिनमा यति मात्रै पर्याप्त नभएको र अभ्यास गर्नका लागि खेल मैदानको आबश्यक रहेको उहाको धारणा छ ।

 

 

आस्था कलेजका कार्यकारी निर्देशक टेकनाथ भण्डारी कलेजले विशेषगरी क्रिकेटमा ठूलो लगानी गर्दै आएको बताउनु हुन्छ । एकेडेमी स्थापना, खेल मैदानको व्यवस्था, प्रशिक्षकको उपलब्धता लगायतका पूर्वाधारमा कलेजले स्पष्ट योजना अनुरूप काम गरिरहेको उहाँको भनाई छ ।

 

 

यो कलेजले अध्ययन किताव पढ्नु मात्रै नभएर जीवन बुझ्‌नु र आफ्‌नो क्षमता चीन्नलाई पनि प्राथमीकता दिएको निर्देशक भण्डारी बताउनु हुन्छ । कलेजले गरेको त्यहि अभ्यासले आज देश मात्रै नभइ विदेशमा समेत आस्थाको उत्पादन बिक्न , टिक्न र चम्कन थालेकोमा आफुलाई आफुहरुको लगानी र मिहनत सफलता तर्फ लागेको उहाँको दावि छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप