दमकको राजस्व संकलन लक्ष्यभन्दा कम, तर आम्दानी र विकासमा सुधार

दमक,२ साउन | कोशी प्रदेशको प्रमुख शहरमध्ये एक दमक नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा तय गरेको राजस्व संकलन लक्ष्य पूरा गर्न सकेन ।

 

दमक नगरपालिकाले चालु आवमा २४ करोड ७७ लाख ८३ हजार ३६१ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १८ करोड ७४ लाख ५९ हजार २५६ रुपैयाँ मात्र संकलन गर्न सफल भएको छ । यो संकलन, लक्ष्यको ७५.६५ प्रतिशत मा सीमित छ ।

 

यद्यपि, अघिल्लो वर्षको तुलनामा राजस्व संकलनमा सुधार देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा नगरले २० करोड ९२ लाखको लक्ष्य राखेर १७ करोड ९३ लाख संकलन गर्न सकेको थियो । राजस्व संकलनको यो क्रमिक वृद्धि सन्तोषजनक रहेको दमक नगरपालिकाका राजस्व अधिकृत डम्बरराज बराल बताउनुहुन्छ ।

दमक नगरपालिकाको कुल बजेट हेर्ने हो भने आव २०८१/०८२ मा १ अर्ब ६३ करोड २३ लाख २३ हजार रुपैयाँ को बजेट थियो । यसमध्ये ६७ करोड ५२ लाख २९ हजार २५७ रुपैयाँ चालु खर्चमा र ६२ करोड ६८ लाख ८२ हजार रुपैयाँ पुँजीगत खर्चमा भएको देखिन्छ । यसरी कुल १ अर्ब २० करोड २१ लाख ११ हजार रुपैयाँ खर्च गरिएको छ ।

 

यो तथ्यांकले देखाउँछ कि नगरको आम्दानीभन्दा खर्च बढी भएको छ । तर दमक नगरपालिकाका वरिष्ठ लेखा अधिकृत देवी प्रसाद कोईराला भन्छन्— यो खर्च अनुत्पादक नभई नगर विकासमै केन्द्रित भएको छ ।

 

नगरको बढ्दो खर्च, विकासको नाममा भइरहेको लगानी, र लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको विषयले अब दमक नगरपालिकाको योजना र कार्यशैलीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा