बाढीको उच्च जोखिममा दमक

दमकको विपद् न्यूनीकरणको पूर्वतयारी के छ ?

दमकमा पूर्वमा रतुवा र पश्चिममा मावा नदीले हरेक वर्ष हैरानी दिने गरेको छ ।

दमक, ४ साउन । दमक नगरपालिकाका दुई प्रमुख नदीहरू—रतुवा र मावा खोलामा प्रत्येक वर्ष बर्खायाम सुरु भएसँगै बाढीको जोखिम बढ्ने गर्दछ ।

 

 

यी खोलाबाट आउने बाढीका कारण आसपासका बस्तीहरू हरेक वर्ष त्रसित बन्ने गरेका छन् । कतिपय स्थानमा त बाढी बस्तीमा नै पसेर बिस्थापित नै बन्नुपरेका घटनाहरु पनि छन् । यतिमात्र होइन किसानले लगाएको बर्खेबालीमा समेत क्षति पुग्दै आएको छ ।

 

 

हरेक वर्ष वर्षा लाग्यो कि खोला किनारमा रहेका नागरिकको दुखको दिनगन्ती नै शुरु हुन्छ । यस्तोमा दीगो समाधानका लागि खोलाका किनारमा तटबन्ध आवश्यक पर्छ ।

 

 

दमक नगरपालिका विपद फोकल पर्सन अनन्त सेनेहाङका अनुसार दमक नगर बाढीको जोखिमयूक्त नगर रहेको बताउनु भयो । यहाँ रहेका रतुवा र मावा यसका मुख्य जोखिम बढाउने नदी रहेको बताउँदै उहाँले भन्नुभयो ‘यी नदीका कारण दमकको उत्तरी र दक्षिनी भूभागमा बढि जोखिम निम्तने गर्दछ ।’

 

 

यी नदीको नियन्त्रणका लागि भनेर दमकमा तटबन्ध निर्माणका काम पनि अघी बढिरहेका तर त्यो पर्याप्त नरहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार तीन तहकै सरकारसंगको समन्वयमा काम भइरहेको छ ।

 

 

अल्पकालिन र दीर्घकालिन योजना यहाँ अघि बढाइएको बताउँदै उहाँले भन्नु भयो ‘दीर्घकालीन रोकथामका लागि रतुवातर्फ दमकको उत्तरी क्षेत्रमा पक्की बाँध निर्माण भइसकेको छ । यहाँ राष्ट्रपति चुरे संरक्षरण कार्यक्रम, एसियाली विकास बैंकको साझेदारीको कार्यक्रममा स्थायी तटबन्धको काम भएको उहाँले जानकारी दिनुभयो । जोखिमयूक्त ठाउँ हेरेर बाँध बाँधिएको उहाँले उल्लेख गर्नु भयो ।

 

 

उज्यालोखबरसङग कुरा गर्दै सेनेहाङले भन्नु भयो ‘रतुवाको पूर्व पश्चिम राजमार्ग उत्तरको अधिकांश क्षेत्रमा काम सकिएको भएपनि दमक १ को साकेला थान र नमुना बस्तिको पूर्वतर्फ केही क्षेत्रमा काम गर्न बाँकी छ । अन्य ठाउँमा सकिएको छ । उहाँले भन्नु भयो दमकको ५० प्रतिशत जोखिमयूक्त क्षेत्रहरुमा स्थायी तटबन्ध निर्माण गरिसकिएको छ ।

 

 

तुलनात्मक रुपमा मावा नदी बाँध्ने काम कम भएको भएपनि यसको पनि जोखिम हेरेर जोखिमयूक्त ठाउँहरुका स्थाई तटबन्ध निर्माणको काम चलिरहेको उहाँले बताउनु भयो ।

 

 

विपद्को पूर्वतयारी के ?

हुन त बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप प्राकृतिक सृजना हो। प्राकृतिक प्रकोपले जनधनको क्षति गर्न सक्ने भएकाले यसले सामान्यतया आर्थिक गतिविधिलाई समेत क्षति र्पुयाउने गर्दछ । यसको नियन्त्रणको प्रयासमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण मानिन्छ ।

 

 

दमक नगरपालिकाले चाहि नगरका खोला नियन्त्रण र विपद व्यवस्थापनमा दिगो समाधानमा बिभिन्न योजना बनाइसकेको नगरका प्रमुख तथा विपद व्यवस्थापन समितिका अध्यक्ष राम कुमार थापाले बताउनु भयो ।

 

 

यसका लागि आवश्यक पर्ने सबै तयारी र आवश्यक पर्ने श्रोत साधनहरुको व्यवस्थापन गरिसकोको र जोखिमयूक्त स्थानहरुको पूर्वानुमान गरेर त्यस क्षेत्रमा उद्धार तथा राहतका लागि समेत तयारी अवस्थामा रहेको उहाँले बताउनु भयो । जसका लागि समेत पर्याप्त बजेट बिनियोजन गरिएको समेत उहाँले स्पष्ट गर्नु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा, एकैपटक फेरियो जिम्मेवारी

रौतहट, १२ भदौ । मधेश प्रदेश सरकारले एउटै कार्यालयमा लामो समयदेखि कार्यरत लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ। प्रदेश सरकारको अर्थ मन्त्रालयले लेखा अधिकृत तथा

रसुवा बाढी : बेपत्ता ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता

ताप्लेजुङ,१२ भदौ । त्रिशूली र भोटेकोशीसहितका नदीहरूमा आएको बाढीका कारण सम्पर्कविहीन भएका ताप्लेजुङका पाँच जनामध्ये तीन जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जना अझै

ड्याम फुटेपछि भोटेकोशीमा बाढीको जोखिम, तटीय क्षेत्र खाली गरिँदै

नुवाकोट,१२ भदौ । तिब्बततर्फको ड्याम फुटेर भोटेकोशीमा पानीको बहाव बढ्न थालेपछि नुवाकोट र रसुवामा उच्च सतर्कता अपनाइएको छ ।बाढीको गम्भीर खतरालाई मध्यनजर गर्दै नुवाकोटको सदरमुकाम

प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको पारिश्रमिक राहत कोषमा

काठमाडौं ,१२ भदौ। सरकारले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको सहयोगका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने

रसुवा बाढीपछि अस्पतालहरूमा बेपत्ताको खोजी र आफन्तको भीड

काठमाडौँ , १२ भदौ । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू काठमाडौँका अस्पताल धाइरहेका छन् । महाराजगन्जस्थित त्रिवि

रसुवा बाढीमा बेपत्ता ४७९ जनाको शव भेटियो, चितवनमा पहिचान सुरु

काठमाडौँ, १२ भदौ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता भएकामध्ये ४७९ जनाको शव भेटिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आठ जिल्लामा